Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारइन्जिनियरिङ कलेज पुल्चोकमा शुल्क वृद्धिको विरुद्धमा प्रदर्शन

इन्जिनियरिङ कलेज पुल्चोकमा शुल्क वृद्धिको विरुद्धमा प्रदर्शन


काठमाडौं। त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङमा भएको शुल्क वृद्धिको विरुद्धमा नेपाल विद्यार्थी संघ (नेविसंघ) निकट आमरण अनसन समूहले प्रदर्शन गरेका छन् । इन्जिनियरिङ अध्ययन संस्थानले स्नातक तहको शुल्क वृद्धि गरेको हुँदा उनीहरुले शुल्क फिर्ताको माग गर्दै प्रदर्शन गरेका हुन् ।

शुल्क वृद्धिको विरोधमा समाजवादी मोर्चा निकटका विद्यार्थीहरू अखिल (क्रान्तिकारी) केन्द्रीय उपाध्यक्ष केशव रावल, नेविसंघका विद्यार्थी नेता, समाजवादी विद्यार्थी युनियनका केन्द्रीय उपमहासचिव रसना यादव र अखिल (क्रान्तिकारी)का केन्द्रीय सदस्य प्रेम सिंहले आमरण अनशन बसेका छन् ।

उनीहरूले इन्जिनियरिङ अध्ययन संस्थानको भीसी, डीन, कानुन र न्‍यायको शव यात्रा निकालेर प्रदर्शन गरेका छन् । प्रहरीले उनीहरूको प्रदर्शनमा हस्तक्षेप गरी त्यही रोकेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया