शशांक पूर्वगृहमन्त्री खाँणलाई भेट्न कारागार पुगे
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले भेटेका छन् ।
कोइराला बुधबार विहान ९ः१५ बजे खाँणलाई भेट्न केन्द्रीय कारागार सुन्धारा पुगेका थिए । खाँण र कोइरालाबीच करिब १५ मिनेट कुराकानी भएको थियो । कोइरालासँग थप दुई जना अन्य व्यक्ति पनि रहेको कारागार स्रोतले जानकारी दिएको छ ।
कांग्रेस नेताहरु डा. शेखर कोइराला, परराष्ट्रमन्त्री एनपी साउद लगायतका नेताहरुले पनि थुनामा रहेका खाँणलाई भेटिसकेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानका लागि खाँण वैशाख २७ गते पक्राउ परेका थिए । जिल्ला अदालत काठमाडौंको आदेशमा उनी १ असारमा पुर्पक्षका लागि कारागार पठाइएका थिए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- बाजुरामा ५.३ रेक्टरको भूकम्प
- व्यक्तिहत्याका रिगलको कैद सजाय माफीविरुद्ध रिट
- नेपालगञ्जमा कर्फ्यू जारी भएसँगै स्थिति सामान्य
- तनहुँमा फस्टाउँदो ड्रागन खेती
- मुद्दा मिलादिने नाममा एक लाख ठगी गर्ने पक्राउ
- प्रधानमन्त्री दाहाल र एमसिसीका प्रमुख अधिृकतबीच भेट
- चीनको आर्थिक वृद्धि पाँच प्रतिशतमाथि हुने प्रक्षेपण
- कोभिड खोप शोधकर्ता दुई वैज्ञानिकलाई नोबेल पुरस्कार
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बाँझो जग्गामा सामूहिक आलु खेती
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया