एमाले नयाँ सङ्कल्पका साथ अगाडि बढ्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
जनकपुरधाम । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीको २५औँ सचिवालय बैठकपछि एमाले नयाँ संकल्पका साथ अगाडि बढ्ने बताएका छन् । उनले भने, “एमाले अहिले नेपालको राजनीतिको जुन स्थानमा छ, त्यसको जग र आधारविन्दु चौँथो महाधिवेशन हो । त्यही महाधिवेशनबाट जननेता मदन भण्डारी र उहाँले अगाडि सारेको जनताको बहुदलीय जनवादको सिद्धान्तको जन्मभएको थियो । ”
राससका अनुसार सिरहाको विष्णुपुरकट्टी सर्रेअम्बासमा एमालेकोे सचिवालय बैठक हुँदैछ । सो स्थानमा विसं २०४६ भदौ ९ गतेदेखि १४ गतेसम्म भएको तत्कालीन नेकपा (माले) को चौँथो महाधिवेशनस्थलमा बुधबारदेखि एमालेको सचिवालय बैठक बस्न लागेको हो ।
सोही बैठकमा सहभागी हुन त्यहाँ जानुअघि जनकपुरधाम विमानस्थलमा बुधबार सञ्चारकर्मीसँग कुराकानी गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले भने, “३४ वर्षपछि हामी सोही ऐतिहासिक स्थानमा फर्किएका छौँ, पक्कै पनि फेरि केही ऐतिहासिक निर्णय गर्दै एमालेलाई नयाँ उचाइमा पु¥याउने गरी हामी अगाडि बढ्ने छौँ । अहिलेको राष्ट्रिय राजनीतिमा हाम्रो पार्टीले खेलिरहेको भूमिकालाई थप प्रभावकारी बनाउन यो बैठक ऐतिहासिक महत्वको हुनेछ ।”
उनले आफ्नो पार्टीलाई नेपालको राजनीतिमा स्थापित गराउन विष्णुपुरकट्टी सर्रेअम्बास बैठकले महत्वपूर्ण भूमिका निर्वाहको बताए । वरिष्ठ उपाध्यक्ष पोख्रेलले पार्टी महासचिवमा जननेता भण्डारीलाई निर्वाचित गरी एमालेलाई नेपालको महत्वपूर्ण राजनीतिक शक्तिका रुपमा स्थापित गराउन भूमिका खेलेको स्थानबाट अर्को ऐतिहासिक निर्णय गरिने विश्वास व्यक्त गरे ।
एक अर्को प्रशंगमा वरिष्ठ उपाध्यक्ष पोखरेलले वर्तमान सरकारले जनअपेक्षाअनुसार काम गर्नुपर्दछ भने । उनले नेकपा (एमाले) को अडानपछि सरकार सुनकाण्डको विस्तृत अध्ययनका लागि उच्चस्तरिय आयोग बनाउन तयार भएको जनाउँदै सो आयोगमार्फत सत्यतथ्य छानबिन गर्न पार्टीले सम्पूर्णरुपमा सहयोग गर्ने जानकारी दिए ।
सचिवालय बैठकमा सहभागी हुन उनीसँगै उपाध्यक्षहरु युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, विष्णु पौडेल, सुवाशचन्द्र नेम्वाङ, उपमहासचिव प्रदीप ज्ञवाली, सचिवहरु लेखराज भट्ट, रघुवीर महासेठलगायत नेताहरु त्यहाँ प्रस्थान भएका छन् ।
बुधबार बिहान बुद्ध एयरको जहाज प्राविधिक कारणले जनकपुरमा अवतरण हुन नसकी काठमाडौँ फर्किएपछि उनीहरु पुनः अर्को जहाजबाट जनकपुर आइपुगेका थिए । एमाले अध्यक्ष केपी शर्मा ओलीसहित अन्य केही नेता भने विराटनगर हुँदै सिरहा पुग्ने कार्यक्रम छ । एमालेको ‘हाइकमाण्ड’ का रुपमा रहेको १९ सदस्यीय सचिवालयमा हाल १८ रहेका छन् । सचिवालय सदस्य एवं पार्टी सचिव टोपबहादुर रायमाझी भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि अहिले निलम्बनमा छन् । यसअघि यही भदौ ९ गतेदेखि बस्ने भनिएको सचिवालय बैठक निरन्तरको वर्षापछि स्थगित भएको थियो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- पशुपति कोषका तत्कालीन र हालका सदस्य सचिव क्रमशःढकाल र थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
- काठमाडौँ मेडिकल कलेजका डाक्टरलाई हातपात गर्ने दुई नियन्त्रणमा
- नेपालमा वैदेशिक लगानीको प्रतिबद्धता जनाउनेमा चीन अघिअघि, भारत पछिपछि
- एशियाली खेलकुद: के नेपाललाई क्रिकेटबाट पदकको आशा बढेको हो?
- सरकारी कर्मचारीलाई ध्यान र योग गर्न किन निर्देशन दिइयो?
- दोलखामा एक साता नबित्दै ११ किलो अबैध सुन बरामद
- नक्कली भारतीय नोटसहित अन्सारी पक्राउ
- पर्यटन प्रवर्द्धन नयाँ ढङ्गले गर्न जरूरी : मन्त्री किराती
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बाँझो जग्गामा सामूहिक आलु खेती
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया