Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारआठ बर्षपछि तातोपानी नाका खुल्यो

आठ बर्षपछि तातोपानी नाका खुल्यो


सिन्धुपाल्चोक । तातोपानीको मितेरी पुल नाका चीनले आठ वर्षपछि नेपालीको लागि खुला गरेको छ । शुक्रबार लिपिङस्थित मितेरी पुलबाट नेपाली अध्यागमन कार्यालयको पास लिएका सिन्धुपाल्चोकका बासिन्दा चिनियाँ सुरक्षाकर्मीलाई जाँच गराएर चीनतर्फ प्रस्थान गरेका छन् ।

तिब्बत सरकारका बित्त प्रमुख वाङ फिङ र सिगात्छेका नगर प्रमुख पासाङले सिन्धुपाल्चोक–१ का प्रतिनिधिसभा सदस्य माधव सापकोटासहितको नेपाली टोलीलाई स्वागत गरे । नाकामा अब बन्द नहुने गरी आवतजावत खोलिएको जानकारी चिनियाँ पक्षले गराएको सापकोटाले बताए । चिनियाँ पक्षले सिन्धुपाल्चोकबाहेक अन्य जिल्लाका सर्वसाधारणका लागि पनि क्रमशः नाका खुला गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

चिनियाँ अधिकारीहरुले नाका खोल्ने आफूहरुको कदमले दुई देशबीचको सम्बन्ध थप प्रगाढ हुने विश्वास व्यक्त गरेको सापकोटाले बताए । चीनले २०७२ वैशाख १२ गतेको महाभूकम्पपछि तातोपानी नाका पूर्ण रुपमा बन्द गरेको थियो । २०७६ जेठ दोश्रो साताबाट सामान आयात निर्यात खुलेको भए पनि कोभिड–१९ महामारीलाई कारण देखाउँदै ०७६ चैत ११ गतेबाट सामान ल्याउन लान पनि बन्द गरिएको थियो । गत १ मे बाटै चीनको तिब्बत सरकारले सामान ढुवानी खुला गरेको भए पनि मानव आवतजावत भने खुलाएको थिएन ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया