‘बेथिती सच्याउन र सेटिङ भत्काउन’ क्रान्तिकारी पार्टी निर्माणको आवश्यकता छ : अध्यक्ष दाहाल
काठमाडौँ,नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुपान्तरण अभियानमार्फत माओवादी जनताको भरोसायोग्य पार्टी बन्ने बताएका छन् । पार्टी मुख्यालय पेरिसडाँडाबाट आज तीनमहिने रुपान्तरण विशेष अभियानको शुभारम्भ गर्दै उनले कतिपय गल्ती, कमजोरी रहे पनि इतिहासबाट पाठ सिक्दै माओवादी बलियो र क्रान्तिकारी पार्टी बन्ने बताए ।
माओवादी आन्दोलनसँग जनताको विशेष आत्मीयता, अपेक्षा र केही असन्तुष्टि रहेको उल्लेख गर्दै अध्यक्ष दाहालले अहिले माओवादी केन्द्रकै नेतृत्वमा सरकार बनेपछि जनतामा अब केही हुन्छ, श्रमजीवि जनताले देखेका सपना पुरा हुन्छन् भन्ने आशा पलाएको बताए। “सरकारले गरेका सुशासनमुखी कामबाट राजनीतिप्रति नै भरोसा जागेको छ, हामी वाचा गर्छौँ, हाम्रा कदम अग्रगमनबाट विचलित हुने छैनन्, जनताले देखेका सपना, जनताका अपेक्षा पुरा गर्ने दिशामा हाम्रो राजनीति र हाम्रो संगठन गतिशील हुनेछ”, उनले भने ।
अभियानका क्रममा सबै जनताका घरमा पुग्ने योजना निर्माण गरिएको उल्लेख गर्दै अध्यक्ष दाहालले जनताका कुरा सुन्ने तथा सुझाव र आलोचना ग्रहण गरिने बताए। हिजोका दिनमा अत्यन्तै भीषण सङ्घर्षका कठिन क्षणमा माओवादीलाई जनसमुदायले विश्वास गरेर साथ दिएकै कारणले हाम्रो आन्दोलनले सफलता प्राप्त गरेको स्मरण गर्दै उनले आज जनतासँगको सम्बन्ध कमजोर भएको स्वीकारे ।
“तर, बिर्सनै नहुने कुरा के हो भने जनता परिवर्तनको पक्षमा छन्, जनता समृद्धि र सुशासन चाहन्छन्”, प्रधानमन्त्री दाहालले भने, “नेपाली समाजको परिवर्तन र रूपान्तरण केवल माओवादीले मात्रै गर्न सक्छ । माओवादीकै नेतृत्वमा मात्रै समृद्ध नेपाल सम्भव छ भन्ने विश्वास जनतालाई दिलाउनुपर्छ, जनतासँग हामीले भन्न सक्नुपर्दछ ः हाम्रा गल्ती कमजोरीका लागि हामी आत्मालोचित हुन चाहन्छौँ, हामी सुध्रिन चाहन्छौँ, त्यसका लागि अभियानसहित तपाईहरूको घरदैलोमा छौँ ।”
अध्यक्ष दाहालले अभियानका क्रममा नेता कार्यकर्ताको सक्रियता र जनतामाझ पुग्ने अवस्थाले राजनीतिक प्रणालीप्रति जनताको गुम्दै गएको विश्वासलाई समेत फर्काउने र रूपान्तरणका लागि ऊर्जा प्राप्त गर्ने अवस्था सिर्जना हुने विश्वास व्यक्त गरे । “तीनमहिने अभियानले सरकारले अघि बढाएको पहलकदमी र पार्टीले अघि सारेको अभियानलाई लक्ष्यमा पु¥याउन ठोस भूमिका खेल्नेछ, यहाँहरू यही स्पिरिट र क्रान्तिकारी भावनाले जनतामाझ जानेछन्, बलियो क्रान्तिकारी र सबैको भरोसाको माओवादी पार्टी निर्माण गर्न सक्षम हुनेछन् भन्ने विश्वास लिएको छु”, उले भने ।
अध्यक्ष दाहालले अबको लडाईं स्थायित्व, समृद्धि र विकासका निम्ति केन्द्रित भएको उल्लेख गर्दै आफ्नो नेतृत्वको सरकारले भ्रष्टाचार नियन्त्रण, सुशासन कायम तथा सेवा प्रवाहमा सुधारको थालनी गरेको बताए । “यहाँ बेथितिको डङ्गुर छ, कुशासनका चाङ छन्, ठूल्ठूला सेटिङ छन् । यी बेथितिलाई सच्याउने, सेटिङ भत्काउने र देशलाई साँच्चै नै सुसंस्कृत, सभ्य र समृद्ध बनाउने लडाईंमा छौँ”, अध्यक्ष दाहालले भने “सरकारको नेतृत्वको नाताले मैले यो चुनौतीलाई स्वीकार गरेको छु । अब यसलाई गन्तव्यमा पु¥याउन सोहीअनुरूपको बलियो र क्रान्तिकारी पार्टी निर्माणको आवश्यकता छ ।”
अभियानका क्रममा सुशासन, सार्वजनिक सेवा प्रवाहमा सहज पहुँच र सामाजिक न्यायसहितको विकासका लागि जोड दिन आवश्यक रहेको उल्लेख गर्दै अध्यक्ष दाहालले स्थानीय तहमा समेत जनतासँग जोडिएका सुशासन, सामाजिक न्याय र विकासका काममा पार्टीले विशेष चासो दिन जरूरी रहेको बताए । “माओवादीको सङ्घर्षको फलस्वरूप केन्द्रीकृत राज्यसत्ता विकेन्द्रीत भई सङ्घीयता कार्यान्वयनको तहमा गएको छ, तर स्थानीय तह र प्रदेशले जनताको अपेक्षाअनुरूप जनताका मुद्दाको सम्बोधन गर्न, सुशासन तथा सामाजिक न्याय कायम गर्न र विकास निर्माणका काम अघि बढाउन सकेनन् भने यसको बहानामा सङ्घीय लोकतान्त्रिक गणतन्त्रमाथि नै प्रहार गर्ने तत्वले टाउको उठाउने मौका पाउनेछन्”, उनले भने ।रासस
क्याटेगोरी : समाचार
ताजा अपडेट
- प्रधानमन्त्री प्रचण्ड स्वदेश फर्किए, उनको ‘लामो अनुपस्थिति’लाई लिएर उठे यस्ता प्रश्न ?
- फ्लाई दुबईको जहाजबाट बिमानस्थलमा २.७ किलो सुन बरामद
- अर्थतन्त्र सुधारोन्मुख रहेकाले निराश नहुन उद्योगीहरूलाई अर्थमन्त्री डा महतको आग्रह
- चीनबाट अपेक्षाकृत लाभ लिन नेपाल चुक्यो स् प्रदेश प्रमुख शेरचन
- घोराही–तुलसीपुर चार लेन मर्मत हुँदै
- नेपाल दलित सङ्घको अध्यक्षमा विश्वकर्मा
- एमाले कर्णाली प्रदेश अध्यक्षमा तीन जनाबीच प्रतिस्पर्धा
- मनसुन बाहिरिन अझै केही दिन लाग्ने
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बाँझो जग्गामा सामूहिक आलु खेती
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया