काठमाडौं । २०२३ को आठ महिनामा नेपालमा छ लाख एक हजार तीन सय ६० पर्यटक भित्रिएका छन् । पर्यटन बोर्डका अनुसार कोभिड–१९ को असर कम भएपछि यो वर्ष पर्यटकको आवागमन बढेको हो । पछिल्लो महिना अगस्टमा ६७ हजार एक सय ५३ विदेशी पर्यटक नेपाल घुम्न आएका छन् ।
सरकारले सन २०२३ मा नेपाल घुम्न आउने विदेशी पर्यटकको संख्या १० लाख पु-याउने लक्ष्य लिएको छ । पर्यटन बोर्डले सार्वजनिक गरेको यो संख्या हवाई मार्गबाट नेपाल आउने पर्यटकको हो । स्थलमार्गबाट आउने पर्यटकको तथ्यांक सजिलै उपलब्ध नहुने भएकाले यसलाई बोर्डले समावेश गर्दैन । हवाई मार्गबाट आउने पर्यटकको संख्यालाई आधार मान्दा अबको चार महिनामा चार लाख पर्यटक भित्रिनुपर्छ । अब पर्यटनको सिजन सुरु भएकाले केही बढी पर्यटक नेपाल भित्रिने र सरकारको लक्ष्य पूरा हुने बोर्डको दाबी छ । अहिलेसम्मको पर्यटक आवागमनको तथ्यांक हेर्दा अक्टुबर र नोभेम्बरमा धेरै पर्यटक नेपाल घुम्न आउने गर्छन् ।
बोर्डका अनुसार जनवरीमा ५५ हजार ७४ जना पर्यटक नेपाल घुम्न आएका थिए । फेब्रुअरीमा ७३ हजार दुई सय ५५, मार्चमा ९९ हजार चार सय २६, अप्रिलमा ९८ हजार सात सय ७३, मेमा ७७ हजार सात सय तीन, जुनमा ७२ हजार दुई सय ५० र जुलाईमा ५७ हजार सात सय २६ पर्यटक नेपाल आएका थिए ।
कुन देशबाट कति भित्रिए पर्यटक ?
नेपालमा सबैभन्दा धेरै पर्यटक भारतबाट आउने गरेका छन् । अगस्ट महिनामा पनि भारतबाट २६ हजार छ सय ६५ पर्यटक नेपाल भित्रिएका छन् । भारतपछि सबैभन्दा धेरै चीनबाट पाँच हजार २७ जना पर्यटक नेपाल घुम्न आएका छन् । अमेरिकाबाट चार हजार छ सय २९ जना पर्यटक आएका छन् । यसपछि श्रीलंकाबाट तीन हजार आठ सय ५८, बंगलादेशबाट तीन हजार एक सय ९० र बेलायतबाट दुई हजार सात सय ११ जना पर्यटक नेपाल आएका छन् । एक हजारभन्दा धेरै पर्यटक नेपाल आउने मुलुकमा अस्ट्रेलिया, स्पेन, इटली, दक्षिण कोरिया, मलेसिया, जापान र भुटान छन् ।
सार्क राष्ट्रहरूबाट ३५ हजार एक सय ६९ पर्यटक आएका छन् । एसियाका अन्य मुलुकबाट नौ हजार नौ सय ३४ पर्यटक नेपाल आएका छन् । युरोपबाट नौ हजार सात सय ३७, अस्ट्रेलिया र न्यूजिल्यान्डबाट एक हजार चार सय ८०, अमेरिकन मुलुकबाट पाँच हजार दुई सय ६९, मध्यपूर्वबाट तीन सय ८० र अन्य मुलुकबाट पाँच हजार एक सय ८४ पर्यटक नेपाल भित्रिएका छन् ।
पर्यटक आवागमनको संख्या बढे पनि उनीहरूले गर्ने खर्चमा भने कमी आएको छ । पछिल्लो विवरणअनुसार नेपाल घुम्न आउने पर्यटकले प्रतिदिन औसत ४० दशमलव ५ अमेरिकी डलर खर्च गरेका छन् । सन् २०२१ मा पर्यटकहरूले नेपालमा प्रतिदिन ४८ अमेरिकी डलरसम्म खर्च गर्नेगरेका थिए । राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षमा नेपाल घुम्न आउने पर्यटकले ६१ अर्ब ५२ करोड रुपैयाँ खर्च गरेका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #Page 1
ताजा अपडेट
- मूल्यवृद्धिविरुद्ध सांसदद्वारा सरकारको ध्यानाकर्षण
- बझाङमा आधा घन्टापछि झन ठूलो भूकम्प
- आरजुलाई २ करोड दिएको अडियो सार्बजनिक गरेपछि फिदिम नगर सभापति गुरुङमाथि कांगेसको दण्ड ! के हो २ करोड काण्ड ?
- निर्वाचन प्रणाली तथा व्यवस्थापन प्रकृयामा आधारभूत सुधारको खाँचो: डा. उप्रेती
- १९ सय ५८ बिन्दुमा खुम्चियो सेयर बजार, सबै सुचक रातै
- बझाङमा ५.३ रेक्टरको भूकम्प
- व्यक्तिहत्याका रिगलको कैद सजाय माफीविरुद्ध रिट
- नेपालगञ्जमा कर्फ्यू जारी भएसँगै स्थिति सामान्य
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बाँझो जग्गामा सामूहिक आलु खेती
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया