विराटनगर । उद्योगी तथा व्यवसायीले दैनिक उपभोग्य वस्तु चामलमा कार्टेलिङ गरी चर्को मुुल्यवृद्धि गरेको पाइएको छ । विराटनगरमा रहेको सेन्चुरी प्रोडक्टका सञ्चालक यस अग्रवालले पछिल्लो समय चामलमा कार्टेलिङ गरी अनियन्त्रितरूपमा मुुल्यवृद्धि गरेको घटना बाहिरिएको छ ।
आन्तरिक राजस्व कार्यालय विराटनगरमा दर्ता कायम रहेको सेन्चुरी प्रोडक्टको मुख्य सञ्चालक राजेन्द्रप्रसाद अग्रवाल (सिंगापुरी) रहे पनि कागजी सञ्चालकमा उनकै छोरा यस अग्रवाल रहेका छन् । पछिल्लो समय भारत सरकारले चामलको आयातमा कडाइ गरेसँगै भारतको जोगबनी बजारबाट चामलको आयात करिब बन्द अवस्थामा छ । यही मौकाको सदुपयोग गर्दै सिगापुुरीले चामलको मूल्यमा कार्टेलिङ सुुरु गरेका हुन् । सिंगापुरीले भारतबाट ठूलो मात्रामा चामलको आयात गरी स्टोर गर्ने र महँगो मूल्यमा बिक्री गरेर करोडौँको राजस्व समेत घोटाला गर्ने गरेको आशंका गर्न थालिएको छ । हाल उनको कारोबार र राजस्वको दाखिला सम्बन्धमा पनि अनुुसन्धान सुुरु भएको स्रोतको दाबी छ । सिंगापुरीले विराटनगरलगायत छेउछाउमा सञ्चालन भएका खाद्यान्य उद्योगबाट समेत चामल खरिद गरी स्टोर गर्ने गरेका छन् ।
पैसाका लागि जस्तोसुुकै कदम पनि चाल्न सक्ने चामल व्यवसायी अग्रवालले केही वर्षअघि मात्रै भतिजो सञ्जय अग्रवाललाई समेत व्यापारबाट भएको नाफाका विषयमा हिसाब गोलमाल गरेकोभन्दै हटाएर छोरालाई सेन्चुरी प्रोडक्टको ब्रान्च खडा गरी काठमाडौंमा कारोबार सुुरु गर्न लगाएका थिए । सिंगापुरीले सुनसरीको दुहवीमा सेन्चुरी फुड प्याकेजिङ एण्ड प्रोसेसिङ उद्योग सञ्चालन गर्दै आएका छन् । उनले सो उद्योगले बुझाउनुपर्ने राजस्व समेत नबुझाएको स्रोतको दाबी छ । आन्तरिक राजस्व कार्यालय विराटनगरबाट भ्याट नम्बर ३००४६५४०६ मा दर्ता भएको सो उद्योगले वार्षिक ४० करोडभन्दा बढीको कारोबार गर्ने गरेको छ । सोही कारण ठूला करदाताको कार्यालयमा पुगेको उनको उद्योगको फायलमा करोडौंको राजस्व छलि भएको पाइएको स्रोतको दाबी छ ।
यस्तै, उनले वार्षिक अनुमानित विवरण समेत बुझाउने गरेका छैनन् । सेन्चुरी फुड प्याकेजिङका नाममा भारतलगायत तेस्रो मुलुकबाट चामल आयात गरी करोडौंको कारोबार गर्दा पनि अनुमानित राजस्वको विवरण नदिएकाले उनी राजस्वको निगरानीमा परेका छन् । उद्योगी सिंगापुरेले राजेन्द्रप्रसाद अग्रवालकै नाममा दुईवटा फर्मसमेत दर्ता गराएका छन् । उनले २०५८ सालमा नै कोशी श्री ट्रेडर्सका नाममा ३००७५३४५१ को पान दर्ता लिएका थिए । यस्तै, उनले उक्त फर्ममा श्यामबाबा राइस एण्ड आयल मिलको कारोबार समेत थप गरी करोडौंको राजस्व छली गरेका छन् । उक्त फर्मले आर्थिक वर्ष २०६३।६४ सम्म आन्तरिक राजस्व कार्यालयमा आफ्नो वार्षिक विवरण बुझाएको देखिए पनि आव ०६४।६५ देखि हालसम्म उनले वार्षिक विवरण बुझाएका छैनन् ।
यस्तै, उनले नागरिकतामा जन्म मिति फरक पारेर आन्तरिक राजस्व कार्यालय विराटनगरबाट एचआर त्रिवेणी इन्टरप्राइजेज नामको अर्को फर्म दर्ता गरेको पाइएको हो । २०७३ सालमा उनको नाममा ६०५२५०८७९ नम्बरको पान दर्ता भएको देखिन आएको स्रोतको दाबी छ । आन्तरिक राजस्व स्रोतका अनुसार एउटै व्यक्तिको नामबाट दुईवटा पान नम्बर लिन पाइँदैन । तर उद्योगी सिंगापुरेले नागरिकताको नै दुरुपयोग गरी दोहोरो पान नम्बर लिएको पाइएको हो ।
क्याटेगोरी : समाचार
ट्याग : #Page 8
ताजा अपडेट
- शुक्रबार १० अर्ब बराबरको विकास ऋणपत्र बिक्री गरिँदै
- कर्जा सुरक्षण कार्यक्रमलाई विविधीकरण गरी लगानीमैत्री वातावरण सिर्जना गर्नुपर्छ : अर्थमन्त्री डा महत
- पार्टीका नाममा चलाइएका नक्कली सामाजिक सञ्जाललाई एमालेले कारबाही गराउने
- साउन र भदौमा पाँच अर्ब ४३ करोडको विद्युत् निर्यात
- श्रम आप्रवासनका सवाल सम्बोधन गर्न सरकारको ४७ बुँदे निर्णय
- युरोपका तीन देशमाथि व्यापार प्रतिबन्ध लगाउने युक्रेनको तयारी
- सेयर धितो कर्जा परिमार्जन हुने संकेत संगै बढ्यो सेयर बजार
- अमेरिकाको ऋण तीन सय ३० खर्ब डलर नाघ्यो
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया