Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारवर्तमान सरकार जनताप्रति जवाफदेही र उत्तरदायी हुनुपर्छ : नेता महर

वर्तमान सरकार जनताप्रति जवाफदेही र उत्तरदायी हुनुपर्छ : नेता महर


मध्यविन्दु (नवरपरासी) । नेपाली कांग्रेस नवलपुरले पार्टी कार्यालय कावासोतीमा आइतबार आयोजना गरेको अन्तर्क्रियामा नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले वर्तमान सरकार जनताप्रति जवाफदेही र उत्तरदायी हुनुपर्ने बताएका छन् । जनताप्रति उत्तरदायी नभएमा सरकारका कामको अपजसको भारी कांग्रेसले नबोक्ने उनले बताए ।

नेता महरले भने– “सरकार जनताप्रति जिम्मेवार हुनुपर्छ । मल नपाएका किसानका खेतमा मलखाद पुग्नुपर्छ । लम्पी स्किनबाट क्षति बेहोरेका किसानका गोठमा खोज पुग्नुपर्छ । प्राकृतिक र दैविक विपत्ति हुँदा सरकार समयमै जनताका घर दैलोमा पुग्नुपर्छ । महँगी नियन्त्रणमा सरकारको भूमिका देखिनुपर्छ । नत्र जनता आफैँले सरकारको विकल्प खोज्नेछन् । कांग्रेस अब सधैँ सरकारको कमजोरी र त्यसको अपजस बोक्ने अवस्थामा छैन ।”

सामाजिक रुपान्तरणका लागि मुलुकमा कांग्रेसले अहम भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्दै कांग्रेस जनताको पार्टी भएकाले जनभावना विपरीतका कुनै कार्य स्वीकार्य नहुने उनको भनाइ थियो ।वर्तमान सरकारमाथि लागेका विभिन्न आरोपको खण्डन गर्दै नेता महरले जनतालाई सत्यताबारे प्रस्ट पार्न आग्रह गरे । “कांग्रेस जनताको पार्टी हो । सधैँ जनताकै साथमा छ”, उनले भने।

नेता महरले भने– “शिक्षा, स्वास्थ्य, सामाजिक चेतना, छुवाछूत अन्त्य, भूमि सुधार लागू, समावेशी सिद्धान्तअनुरूप महिला आयोग, दलित आयोग, मुस्लिम आयोगलगायत गठनमा कांग्रेसको अहम भूमिका छ ।” पछाडि पारिका वर्गका लागि संवैधानिक व्यवस्था गरिए पनि त्यसको कार्यान्वयनको पक्ष कमजोर रहेको र अब संविधानतः सरकार त्यसतर्फ केन्द्रित हुनुपर्ने उनले बताए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया