स्वीमिङ पुलमा एक्कासी करेन्ट फैलिँदा एक जना गम्भीर घाइते
काठमाडौं । शुक्रबार अपराह्न साढे २ बजे ललितपुर–३, पुल्चोकस्थित होटल स्वायरको होटलको छतमा रहेको स्वीमिङ पुलमा करेन्ट लागेर एक जना गम्भीर घाइते भएका छन् । स्वीमिङ पुलमा एक्कासी करेन्ट फैलिँदा ४१ वर्षीय सजिलमान शाक्य गम्भीर घाइते भएका हुन् ।
अहिले भेन्टिलेटरमा राखेर मेडिसिटी अस्पतालमा उनको उपचार भइरहेको छ । प्रहरी टोलीले घटनास्थलमा पुगेर मुचुल्का गरेको जिल्ला प्रहरी परिसर, ललितपुरका प्रमुख सिद्धिविक्रम शाहले बताए ।
होटल सञ्चालक रोमी अर्याल देवकोटाले भने स्वीमिङ पुलमा कुनै लिकेज वा करेन्टको फ्लो नभएको दाबी गरिन् । शाक्य श्रीमती र छोरीसहित होटलमा आधा घन्टा परिवारसँग पौडिइरहेका बेला चस्मामा बाफ जम्यो भनेर आमा, छोरी निस्किएपछि उनलाई करेन्ट लागेको शाक्यको परिवारले जनाएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- पूर्वप्रधानमन्त्री नेपाल र भट्टराईलाई मुद्दा दर्ता नगर्नुको कारण माग
- बीआरआई कार्यान्वयनको प्रतिबद्धतापछि मात्र पूर्वाधारमा सहयोग गर्ने चिनियाँ आश्वासन
- ‘खबरमा छु प्रिय’ विमोचन
- आन्दोलनरत डाक्टरहरु र सरकारबीच सहमति
- नेपाल र चीनबीच भएको सहमतिमा नौलो कुरा के छ ?
- अबदेखि होर्डिङ बोर्डमा विदेशी कलाकार देखिन नहुने
- शिक्षकका समस्या हल हुने गरी विधेयक पारित गर्नुपर्छ : सभापति देउवा
- योजना आयोगको उपाध्यक्षमा पूर्वसचिव नियुक्त
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया