मानवअधिकार उल्लङ्घनका दोषीलाई न्यायको कठघरामा ल्याइने : प्रधानमन्त्री
काठमाडौँ । सशस्त्र द्वन्द्वका क्रममा पीडित भएका व्यक्तिलाई क्षतिपूर्ति प्रदान गरी उनीहरुलाई समाजमा पुनर्मिलन गराउन सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बताएका छन् ।
प्रधानमन्त्री ‘प्रचण्ड’ले शान्ति प्रक्रियालाई अन्तिम निष्कर्षमा पु-याउनका लागि विश्वसनीय सङ्क्रमणकालीन न्याय प्रक्रिया स्थापना गरिने बताए । एड्भोकेसी फोरम र न्यायका लागि अन्तर्राष्ट्रिय आयोगले सोमबार आयोजना गरेको नेपालमा सङ्क्रमणकालीन न्याय प्रक्रियासम्बन्धी कार्यक्रमलाई सम्बोधन गर्दै उनले गम्भीर मानवअधिकार उल्लङ्घनका दोषीलाई न्यायको कठघरामा ल्याइने प्रतिबद्धता व्यक्त गरे ।
“सङ्क्रमणकालीन न्यायलाई टुङ्गोमा पु-याउन विस्तृत शान्ति सम्झौताको अधिनमा रही नेपालको सर्वोच्च अदालतको निर्देशन र सान्दर्भिक अन्तर्राष्ट्रिय प्रतिबद्धता साथै पीडितका चासोलाई मुख्यरुपमा ध्यान दिइनेछ”, उनले भने, “यसका लागि सरोकारवाला र पीडित पक्षसँग परामर्श गरिनेछ ।”
नयाँ संविधान आफैँमा शान्ति सम्झौताको उपज भएको उल्लेख गर्दै उनले संविधानमा अन्तर्राष्ट्रिय मानवअधिकार कानुनमा समाविष्ट मानवअधिकारका विषय समेटिएको बताए । संविधान लिपिबद्ध भएका आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार नेपालमा सञ्चालित द्वन्द्वको उपलब्धिका रुपमा रहेको उनको भनाइ छ ।
उनले शान्ति प्रक्रियाको मुख्य काम मानिएको माओवादीका पूर्वलडाकुको नेपाली सेनामा समायोजन र समाजमा पुनःस्थापित भए पनि विगतमा भएका मानवअधिकार उल्लङ्घनको विषयलाई सम्बोधन गर्न बाँकी रहेको बताए ।
सदनमा विचाराधीन सङ्क्रणकालीन न्यायसँग सम्बन्धित विधेयकमा भएका कमीकमजोरी सच्याउन सकिएमा शान्ति प्रक्रियाका बाँकी काम छिट्टै निष्कर्षमा पुग्ने पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले बताए । सदनमा दर्ता भएको विधेयकलाई सर्वस्वीकार्य बनाउनुपर्नेमा जोड दिँदै उनले सङ्क्रणकालीन न्याय प्रक्रियालाई टुङ्गोमा पुर्याउन सबै पक्षले उदारता देखाउनुपर्ने बताए ।
न्यायका लागि अन्तर्राष्ट्रिय आयोगका महासचिव सान्टिएगो ए क्यान्टोनले पीडितलाई केन्द्रमा राखी सङ्क्रमणकालीन न्यायलाई पूर्णता दिइनुपर्ने बताए । नेपालका लागि सङ्घयुक्त राष्ट्रसङ्घका आवासीय संयोजक हाना सिङ्गेर हम्देयीले सङ्क्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्याउन सरोकारवाला, पीडितलगायतको सहभागिता महत्वपूर्ण रहेको बताए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- पशुपति कोषका तत्कालीन र हालका सदस्य सचिव क्रमशःढकाल र थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
- काठमाडौँ मेडिकल कलेजका डाक्टरलाई हातपात गर्ने दुई नियन्त्रणमा
- नेपालमा वैदेशिक लगानीको प्रतिबद्धता जनाउनेमा चीन अघिअघि, भारत पछिपछि
- एशियाली खेलकुद: के नेपाललाई क्रिकेटबाट पदकको आशा बढेको हो?
- सरकारी कर्मचारीलाई ध्यान र योग गर्न किन निर्देशन दिइयो?
- दोलखामा एक साता नबित्दै ११ किलो अबैध सुन बरामद
- नक्कली भारतीय नोटसहित अन्सारी पक्राउ
- पर्यटन प्रवर्द्धन नयाँ ढङ्गले गर्न जरूरी : मन्त्री किराती
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बाँझो जग्गामा सामूहिक आलु खेती
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया