न्यायाधीश नियुक्तिमा दलीय भागबण्डा नहुने : धनराज गुरुङ
काठमाडौं। सोमबार प्रतिनिधिसभा बैठकमा प्रश्नोत्तर कार्यक्रममा भाग लिंदै अब न्यायाधीश नियुक्तिमा राजनीतिक भागबण्डा नहुने कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले बताएका छन् ।
न्यायाधीश नियुक्ति न्यायोचित ढंगले गर्ने कुरा भइरहेको भन्दै मन्त्री गुरुङले त्यसमा दलीय भागबण्डा नहुने बताए । उनले न्याय सम्पादनको कामलाई छिटो, छरितो बनाउन सरकार क्रियाशील रहेको दाबी समेत गरे ।
मन्त्री गुरुङले सर्वोच्च अदालत आफैंले पनि न्याय सम्पादनको कामलाई छिटो र छरितो बनाउन विभिन्न प्रयासहरु गरिरहेको उल्लेख गरे । उनले न्याय सम्पादनमा ढिलाइ हुन नदिन सरकारले जनशक्ति व्यवस्थापनको कामलाई जोड दिएको पनि बताए ।
उनले भने, ‘अब यो न्यायाधीश नियुक्तिको सन्दर्भमा भागबण्डा हुँदैन सभामुख महोदय । छिटो, छरितो रुपमा न्याय निरुपणका लागि सर्वोच्च अदालत आफैंले विभिन्न प्रयासहरु गरिरहेको छ भने आवश्यक कानुनी तथा व्यवस्थापकीय प्रबन्ध मार्फत न्याय सम्पादनलाई छिटो, छरितो बनाउनका लागि नेपाल सरकार क्रियाशील रहेको व्यहोरा अनुरोध गर्न चाहन्छु ।’
क्याटेगोरी : समाचार
ताजा अपडेट
- मिड सोलु हाइड्रोपावरको सेयर रजिस्ट्रारमा एनआईसी एसिया क्यापिटल
- हिमालयन रिको प्रमुख कार्यकारीमा पौडेल
- नबिल बैंकको नयाँ शाखा मोरङमा
- एमसीसीकी सिइओ एलिस र पूर्व प्रधानमन्त्री देउवाबीच भेटवार्ता
- आईएमई पेबाट एसआईपी भुक्तानी
- गुल्मीको इन्द्रेगौँडामा ग्लोबल आईएमईको एक्सटेन्सन काउन्टर
- सांसदको दायित्व देशमा गुणस्तरीय कानुन बनाउने : नेत्री अग्रहरी
- सरकारले स्वास्थ्यकर्मीको सुरक्षाको जिम्मा लिन्छ : मुख्यमन्त्री पाण्डे
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बाँझो जग्गामा सामूहिक आलु खेती
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया