काठमाडौँ । चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा चीन भ्रममा रहेका नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेल नेतृत्वको टोली विचार आदानप्रदानमा सहभागी भएको छ ।
टोली सोमबार बिहान जनवादी गणतन्त्र चीनको मुख्य सहर छोङछिङमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीको स्कुलमा आयोजित विचार आदनप्रदान कार्यक्रममा सहभागी हुनुका साथै स्कुलको अवलोकनसमेत गरेको छ ।
कार्यक्रममा सहभागी हुँदै महासचिव पोखरेलले नेकपा एमाले जनताको बहुदलीय जनवाद (जबज) को सम्मान गर्दै ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षासहित नेपाली कम्युनिष्ट आन्दोलनको अगुवाइ गरिरहेको राससलाई बताए । उनले एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा उक्त लक्ष्य पूरा गर्दै समाजवादको आधार तयार गरिने जनाए ।
कार्यक्रममा चिनियाँ आधुनिकरणमा छोङछिङको अभ्यासको बारेमा प्रो सुन लिङ उले र प्रोसेसर दा सिउ लाईओईले ‘नयाँ युगका लागि चिनियाँ विशेषता सहितको समाजवाद सि बिचारधारा’ विषयमा प्रस्तुति गरेका थिए ।
टोलीमा एमालेका स्थायी समिति सदस्य तथा परराष्ट्र मामिला विभाग प्रमुख डा. राजन भट्टराई, स्थायी समिति सदस्य तथा प्रचार विभाग प्रमुख राजेन्द्र गौतम, नेताहरू ज्वाला कुमारी शाह, राम राना, टुकादेवी हमाल, सहदेव देवकोटा, रचना खड्का, नीरज आचार्य, मन्जु गुरुङ, अजयकुमार गुप्ता, मानवीर राईलगायत छन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- पेट्रोलियम पदार्थको मूल्य बढ्यो
- सरकार र चिकित्सकबीच सहमति, आन्दोलन फिर्ता
- प्रधानमन्त्री प्रचण्ड स्वदेश फर्किए, उनको ‘लामो अनुपस्थिति’लाई लिएर उठे यस्ता प्रश्न ?
- फ्लाई दुबईको जहाजबाट बिमानस्थलमा २.७ किलो सुन बरामद
- अर्थतन्त्र सुधारोन्मुख रहेकाले निराश नहुन उद्योगीहरूलाई अर्थमन्त्री डा महतको आग्रह
- चीनबाट अपेक्षाकृत लाभ लिन नेपाल चुक्यो : प्रदेश प्रमुख शेरचन
- घोराही–तुलसीपुर चार लेन मर्मत हुँदै
- नेपाल दलित सङ्घको अध्यक्षमा विश्वकर्मा
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया