सराबलका गाउँपालिकाका २५ परिवारलाई जग्गा
काठमाडौं । नवलपरासी (पश्चिम) जिल्लाको सरावल गाउँपालिका वडा नं ३ का २५ भूमिहीन सुकुम्बासी परिवारलाई जग्गाधनी पुर्जा वितरण गरिएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता श्रेष्ठ चौधरीले सोमबार एक कार्यक्रमका बीच उनीहरूलाई जग्गाधनी पुर्जा वितरण गरेकी हुन् । कार्यक्रममा उनले अब कोही पनि भूमिहीन नेपाली नागरिक भूमि अधिकारबाट बञ्चित हुनुनपर्ने बताइन् । उनले भनिन्, ‘सरकारले भूमिहीन दलित तथा सुकुम्बासीलाई जग्गाधनी लालपुर्जा वितरण गर्दै आएको छ । संविधानले दिएको अधिकारअनुसार अब कोही पनि नेपाली नागरिक भूमिहीन हुनुपर्दैन ।’ यस्तै, उनले देशमा हजारौँ भूमिहीन, दलित तथा सुकुम्बासीहरू रहेकाले सुकुम्बासीका समस्या समाधान गर्न तीव्र गतिमा अभियान नै चलाउने बताइन् ।
‘यो देशमा हजारौँ भूमिहीन, दलित तथा सुकुम्बासीहरू हुनुहुन्छ, उहाँहरूको पीडा र मर्का मलाई राम्रैसँग थाहा छ । आज उहाँहरूलाई जग्गाधनी लालपुर्जा दिने ठाउँमा पुगेकी छु’, उनले भनिन्, ‘मैले नेतृत्व सम्हालेदेखि देशका विभिन्न स्थानका भूमिहीनलाई जमिन उपलब्ध गराउनका निम्ति द्रूत गतिमा काम भइरहेको छ । जसको नतिजा आजदेखि देखिँदैछ । आजदेखि यस पालिकामा पनि औपचारिक रूपमा हामीले भूमिहीनलाई पुर्जा वितरण सुरु गर्यौँ, यस अभियानले देशभर निरन्तरता पाउने नै छ ।’ भूमिहीन दलित सुकुम्बासीलाई भूमिमाथिको पहुँच पु-याउने उद्देश्यका साथ तीन तहका सरकारको सहकार्यमा कार्यक्रम अघि बढिरहेको बताइन् ।
क्याटेगोरी : पालिका समाचार, गाउँ पालिका, समाचार
ट्याग : #Page 8
ताजा अपडेट
- आरजुलाई २ करोड दिएको अडियो सार्बजनिक गरेपछि फिदिम नगर सभापति गुरुङमाथि कांगेसको दण्ड ! के हो २ करोड काण्ड ?
- निर्वाचन प्रणाली तथा व्यवस्थापन प्रकृयामा आधारभूत सुधारको खाँचो: डा. उप्रेती
- १९ सय ५८ बिन्दुमा खुम्चियो सेयर बजार, सबै सुचक रातै
- बाजुरामा ५.३ रेक्टरको भूकम्प
- व्यक्तिहत्याका रिगलको कैद सजाय माफीविरुद्ध रिट
- नेपालगञ्जमा कर्फ्यू जारी भएसँगै स्थिति सामान्य
- तनहुँमा फस्टाउँदो ड्रागन खेती
- मुद्दा मिलादिने नाममा एक लाख ठगी गर्ने पक्राउ
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बाँझो जग्गामा सामूहिक आलु खेती
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया