रेडक्रस सोसाइटी काठमाडौँद्वारा संस्थापक सदस्य डा. दासलाई सम्मान
काठमाडौँ । नेपाल रेडक्रस सोसाइटीको ६१औँ स्थापना दिवसका अवसरमा नेपाल रेडक्रस सोसाइटी काठमाडौँ शाखाले नेपाल रेडक्रस सोसाइटीका संस्थापक सदस्य डा. गौरीशङ्कर लाल दासलाई सम्मान गरेको छ ।
मंगलबार यहाँ आयोजित कार्यक्रममा एक सय वर्षीय डा दासलाई नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय सभापति सुदर्शनप्रसाद नेपाल र काठमाडौँ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले दोसल्ला ओढाएर सम्मानपत्रद्धारा सम्मान गरका हुन् ।
कार्यक्रममा रेडक्रसले विभिन्न आरोह–अवरोह गर्दै अहिलेको अवस्थामा आएको भन्दै सोसाइटीका केन्द्रीय अध्यक्ष नेपालले यसलाई अगाडि बढाउन आफू प्रतिबद्ध भएर लाग्ने विश्वास व्यक्त गरे । “मानवताको सेवाका लागि हामी निरन्तर लाग्छौँ”, उनले भने । रेडक्रसप्रतिको लगनशीलता र इमान्दारितालाई अगाडि बढाउने उनको भनाइ छ ।
अध्यक्ष नेपालले आफू अध्यक्ष भएर आएपछि वार्षिक साधारणसभा सम्पन्न गरेकाले अब संस्थालाई नवीकरण गर्ने, विधान संशोधन गरेर अगाडि बढ्ने बताए । “हामी सबैको एउटै मिसन र धारणा छ, हामी संस्थालाई पूर्णरूपमा मानव सेवामा लगाउँछौँ”, उनले भने ।
काठमाडौँ महानगरपालिका वडा नं १७ का वडाध्यक्ष एवं काठमाडौँ महानगरपालिकाका प्रवक्ता मानन्धरले नेपालमा रेडक्रस स्थापनामा डा. दासको भूमिका महत्वपूर्ण रहेको बताए । “व्यक्तिको कारणले रेडक्रसमा दाग आउने काम गर्न दिन हुँदैन, मेरो कारणले रेडक्रसलाई बदनाम गर्न दिन्न भन्ने प्रतिबद्धता सबै रेडक्रसमा आबद्ध सदस्यले गर्नुपर्छ”, उनले भने । विसं २०७२ को विनाशकारी भूकम्पको समयमा रेडक्रसले खेलेको भूमिका सराहनीय रहेको उनको भनाइ छ ।
डा. दासलाई काठमाडौँ महानगरपालिकाले सहयोग गर्ने प्रवक्ता मानन्धरले बताए । विसं २०७२ को विनाशकारी भूकम्पको समयमा रेडक्रसले खेलेको भूमिका सराहनीय रहेको उनको भनाइ छ । सम्मानित व्यक्तित्व डा. दासले काठमाडौँ शाखाले आफ्नो योगदान सम्झेर सम्मान गरेकामा धन्यवाद व्यक्त गरे ।
देशभर नेपाल रेडक्रस सोसाइटीको अभियानलाई अगाडि बढाउन डा. दासको महत्वपूर्ण भूमिका रहेको सोसाइटीका कार्यवाहक महामन्त्री मनोजकुमार थापा, सोसाइटीका केन्द्रीय कोषाध्यक्ष वीरबहादुर बस्नेत, सोसाइटी बागमती प्रदेशका उपमहासचिव राजेन्द्र बानियाँलगायतले बताएका थिए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- फुकोट कर्णालीको इआइए प्रतिवेदनमा सुझाव माग
- हेटौँडा सिमेन्ट उद्योगबाट आजदेखि पुनः उत्पादन सुरु
- सुमो चालक आचार्यको शव शङ्कास्पद अवस्थामा फेला
- १९औँ एसियाली खेलकुद : नेपालले महिला फुटबलमा बङ्लादेशसित बराबरी खेल्यो
- राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्रा अवलोकन
- सूचनाको हकलाई दुरुपयोग गर्न हुन्न : सभामुख घिमिरे
- नेपाल क्रिकेट: कीर्तिमानी ब्याटर दीपेन्द्र र कुशलको कहानी यस्तो !
- गोल्डेन ट्रायाङ्गल बाइक टुरका राइडरहरु पर्सा राष्ट्रिय निकुञ्जमा
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया