मानव धर्म सेवा समितिल्वारा ‘विराट सत्सङ्ग समारोह–२०८०’ हुँदै
काठमाडौँ । सुनसरीको इटहरीमा नेपाल मानव धर्म सेवा समितिले ’विराट सत्सङ्ग समारोह–२०८०’ आयोजना गर्ने भएको छ । मानव–मानव बिचको प्रेम, सद्भाव,सहिष्णुता एवं आध्यात्मिक ज्ञानको अपार शक्तिबाट व्यक्ति, समाज, देश एवं विश्वमै ‘सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामया’ को प्रेरणा जागृत गराउने उद्देश्यले आगामी असोज १९ र २० गते दुईदिन आयोजना गर्न लागिएको सत्सङ्गमा सतपालजी महाराजले सम्बोधन गर्ने उक्त समितिले जनाएको छ ।
लाखौँको सङ्ख्यामा देश तथा विदेशबाट आएका भक्तजनको सहभागिता रहने उक्त समारोहमा आत्मानुभवी विद्धान सन्त महात्माहरूद्वारा सत्सङ्ग प्रवचन एवं ख्याति प्राप्त कलाकारहरूबाट भक्ति सङ्गीत तथा सांस्कृतिक कार्यक्रमको प्रस्तुति रहने समितिका अध्यक्ष जीवनराज गहतराजले जानकारी दिए ।
उनले मनको शान्ति तथा अटुट आध्यात्मिक सुखको चासो र खोजी गर्न चाहने विभिन्न धार्मिक आस्था रहेका व्यक्तिहरूका लागि उक्त समारोह कोशेढुङ्गा साबित भएको उल्लेख गरे र
उनले विज्ञान र प्रविधिको उपलब्धि तथा उपयोगबाट संसारका मानिसले भौतिक सुखलाई प्राप्त गरे पनि त्यसले अनन्त शान्ति र आनन्द प्रदान गर्न सकेको छैन । त्यही आत्मिक शान्ति र आनन्दको अभावमा आजको मानिस आक्रान्त, भयभीत र अधुरो हुन बाध्य भएकाले विभिन्न धार्मिक आस्थामा विश्वास राख्ने र मनको शान्ति तथा अटुट आध्यात्मिक सुखको खोजीमा रहनेहरूका लागि समारोह गन्तव्यस्थल बन्ने अपेक्षा गरे ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- प्रधानमन्त्री प्रचण्ड स्वदेश फर्किए, उनको ‘लामो अनुपस्थिति’लाई लिएर उठे यस्ता प्रश्न ?
- फ्लाई दुबईको जहाजबाट बिमानस्थलमा २.७ किलो सुन बरामद
- अर्थतन्त्र सुधारोन्मुख रहेकाले निराश नहुन उद्योगीहरूलाई अर्थमन्त्री डा महतको आग्रह
- चीनबाट अपेक्षाकृत लाभ लिन नेपाल चुक्यो स् प्रदेश प्रमुख शेरचन
- घोराही–तुलसीपुर चार लेन मर्मत हुँदै
- नेपाल दलित सङ्घको अध्यक्षमा विश्वकर्मा
- एमाले कर्णाली प्रदेश अध्यक्षमा तीन जनाबीच प्रतिस्पर्धा
- मनसुन बाहिरिन अझै केही दिन लाग्ने
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया