Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारचीन र भारत नै नेपालका सधैँका छिमेकी हुन् : देउवा

चीन र भारत नै नेपालका सधैँका छिमेकी हुन् : देउवा


काठमाडौँ । मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेपालले चीन र भारतसँग सन्तुलन कायम गरेर अघि बढ्नु नै राम्रो हुने बताएका छन् । उनले चीन र भारत नै नेपालका सधैँका छिमेकी भएकाले सधैँ दुई देशसँग सन्तुलन कायम गर्नुपर्ने बताए ।

सभापति देउवाले नेपालसँग विद्युत किन्ने भनेको भारत मात्रै भएकाले नेपालले की विद्युत नै बेच्दिन भन्नुपर्ने नत्र भारतले भनेका कुराहरुमा सहमति जनाउनुपर्ने बाध्यता रहेको बताए ।

उनका अनुसार चीन र भारत दुई वटा हाम्रो छिमेकी भएको हुँदा दुवै देशसँग राम्रो सम्बन्ध राख्नुपर्ने हाम्रो बाध्यता र आवश्यकता हो । चीन र भारत दुवैलाई सम्झाएर सन्तुलन मिलाएर अघि बढ्नुपर्छ । भारत र चीन नेपालका नेभर छिमेकी हुन् यसलाई बदल्न सकिँदैन, उनीहरुले भनेको मान्नुपर्छ । सन्तुलन गरेर जानुपर्छ । यसमा नै हाम्रो बुद्धिमता छ देउवाले भने ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया