Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारदेशभरका ५१ वटा चार्जिङ स्टेसन उद्घाटन

देशभरका ५१ वटा चार्जिङ स्टेसन उद्घाटन


काठमाडौँ । बुधबार नेपाल पुलिस क्लबमा बनेको चार्जिङ स्टेसन उद्घाटन सँगै नेपाल विद्युत प्राधिकरणले बनाएको देशभरका ५१ वटा चार्जिङ स्टेसन एकसाथ उद्घाटन भएको छ ।

ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्री शक्तिबहादुर बस्नेतले पुलिस क्लबमा बनेको चार्जिङ स्टेसन उद्घाटन गरेका हुन् । योसँगै एकैसाथ देशको चार्जिङ स्टेसन उद्घाटन भएको प्राधिकरणले जनाएको छ । करिब ३ वर्षअघि प्राधिकरणले देशभर एकसाथ ५१ वटा चार्जिङ स्टेसन निर्माण गर्ने घोषणा गरेको थियो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया