उत्तरी क्षेत्रको किमाथाङ्का नाका चाँडै सञ्चालनमा ल्याउँछौँ : परराष्ट्रमन्त्री साउद
किमाथाङ्का (सङ्खुवासभा) । सङ्खुवासभाको उत्तरी क्षेत्रको किमाथाङ्का नाका चाँडै सञ्चालनमा आउने पराष्ट्रमन्त्री नारायणप्रकाश साउदले बताएका छन् । बुधबार सङ्खुवासभा आएका मन्त्री साउदले तुम्लिङटार विमानस्लथलमा पत्रकारसँग कुरा गर्दै उत्तरी क्षेत्रको किमाथाङ्का नाका चाँडै सञ्चालनमा ल्याइने बताएको हो ।
किमाथाङ्का नाका खोल्न चीन सरकारसमेत सकारात्मक भएका कारण नाका चाँडै सञ्चालनमा ल्याइने पराष्ट्रमन्त्री साउदको भनाइ छ । प्रधानमन्त्री पुष्पकलम दाहाल ‘प्रचण्ड’को यही सेप्टेम्बर २३ मा हुने चीन भ्रमणमा किमाथाङ्का नाका खुलाउने विषयलाई पनि ‘एजेन्डा’मा राखिएको मन्त्री साउदले बताए ।
किमाथाङ्कामा सडक तथा ट्रान्समिसन लाइन निर्माणका लागि पनि चीन सरकार सकारात्मक रहेको उनले बताए । ऐतिहासिक किमाथाङ्का नाकाबाट पूर्वको व्यापार व्यवसायलाई पनि प्रत्यक्ष फाइदा पुग्ने भएकाले चीन भ्रमणमा प्राथमिकतामा राखिएको परराष्ट्रमन्त्री साउदले बताए ।
सङ्खुवासभाका जनप्रतिनिधि र सरोकारवाला निकायले किमाथाङ्का नाका खुलाउन चीन सरकारसँग पहल गरिदिन प्रधानमन्त्री दाहाल र परराष्ट्रमन्त्री साउदलाई पनि यसअघि नै ज्ञापनपत्र बुझाइसकेका छन् । यसअघि प्रचलनमा नै रहेको यो नाका कोरोना महामारी आएसँगै चीन सरकारले बन्द गरेको हो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- मूल्यवृद्धिविरुद्ध सांसदद्वारा सरकारको ध्यानाकर्षण
- बझाङमा आधा घन्टापछि झन ठूलो भूकम्प
- आरजुलाई २ करोड दिएको अडियो सार्बजनिक गरेपछि फिदिम नगर सभापति गुरुङमाथि कांगेसको दण्ड ! के हो २ करोड काण्ड ?
- निर्वाचन प्रणाली तथा व्यवस्थापन प्रकृयामा आधारभूत सुधारको खाँचो: डा. उप्रेती
- १९ सय ५८ बिन्दुमा खुम्चियो सेयर बजार, सबै सुचक रातै
- बझाङमा ५.३ रेक्टरको भूकम्प
- व्यक्तिहत्याका रिगलको कैद सजाय माफीविरुद्ध रिट
- नेपालगञ्जमा कर्फ्यू जारी भएसँगै स्थिति सामान्य
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बाँझो जग्गामा सामूहिक आलु खेती
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया