परोपकार प्रसूति स्त्रीरोग अस्पतालद्वारा ‘अनलाइन टिकट’ सुरु
काठमाडौँ । परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको कुपण्डोलस्थित नवनिर्मित भवनबाट छिटो सेवा सञ्चालन गर्न मन्त्रालय प्रतिबद्ध रहेको स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिएका छन् ।
बुधबार अस्पतालको ६४औँ वार्षिकोत्सवका अवसरमा यहाँ आयोजित कार्यक्रमलाई ‘भर्चुअल’माध्यमबाट सम्बोधन गर्दै उनले प्रसूति अस्पतालको दीर्घकालीन योजना र जनशक्तिलाई पुनःसंरचना गरिने बताए । उनले अस्पतालको सेवालाई प्रविधिमैत्री बनाउनु आवश्यक रहेकामा जोड दिए ।
आगामी १६औँ योजनामा स्वास्थ्य संस्थामा जनशक्ति व्यवस्थापनका लागि पहल भएको राष्ट्रिय योजना आयोगका सदस्य प्रा. डा. आरपी विच्छाले बताए । “१६औँ योजनाबाट प्रत्यक्ष लाभ स्वास्थ्य संस्थाले नै लिने हो” उनले भने, “योजनामा स्वास्थ्य जनशक्ति व्यवस्थापनबारे राम्ररी व्यवस्था गर्ने तयारी छ ।”
प्रसूति अस्पतालले मातृ मृत्युदरलाई न्यूनीकरण गर्न महत्वपूर्ण भूमिका खेलेको मन्त्रालयका सचिव देवकुमारी गुरागाईंले बताइन् । उनले अस्पतालमा जनशक्ति व्यवस्थापनका लागि मन्त्रालयले पहल गरिरहेको जनाइन् । विशिष्टीकृत सेवा विस्तारका लागि स्रोतसाधान तथा जनशक्ति व्यवस्थापनका लागि अस्पतालका निर्देशक डा श्रीप्रसाद अधिकारीले मन्त्रालयसँग आग्रह गरे ।
विसं २०१६ मा स्थापनामा ४० शय्याबाट यस अस्पतालले पछिल्लो समय चार सय ८९ शय्यामार्फत उपचार सेवा उपलब्ध गराइरहेको छ । आर्थिक वर्ष २०७९/८० मा ३४ हजार एक सय ८५ जना महिला भर्ना भएकोमा प्रसूति तर्फ २६ हजार नौ सय ४७ तथा स्त्रीरोगतर्फ पाँच हजार ४६ जनाले उपचार सेवा लिएका छन ।
निर्देशक डा. अधिकारीका अनुसार नवजात शिशु सघन उपचार तर्फ दुई हजार एक सय ९२ र मातृ सघन उपचार तर्फ चार सय ८३ भर्ना भएका थिए भने बहिरङग सेवा तर्फ एक लाख ८० हजार आठ सय ९० जनाले सेवा लिएका थिए । प्रसूतितर्फ भर्ना भएका २६ हजार नौ सय ४७ मध्ये २४ हजार छ सय ७२ गर्भवतीको प्रसूति भएको थियो । यसबाट २४ हजार नौ सय १५ जना नवजातशिशुको जन्म भएको थियो । यसमा नौ हजार आठ सय २१ जनाको शल्यक्रियाबाट प्रसूित भएको थियो ।
लैङ्गिक हिंसाबाट पीडित महिलाको लागि अस्पतालमा आधारित लैङ्गिक हिंसासम्बन्धी एकद्वार सङ्कट व्यवस्थापन केन्द्र (ओसिएमसी)बाट गत आवमा चार सय तीन जना विभिन्न लैङ्गिक तथा यौन हिंसावाट पिडित महिलाले सेवा लिएको अस्पतालले जानकारी दिएको छ । अस्पतालबाट पाठेघर मुखको क्यान्सरको स्क्रिनिङ र उपचारका सेवा विस्तार र किशोरीहरुलाई एचपीभी खोपको व्यवस्था गर्ने योजना बनाएको छ । सो अवसरमा अस्पतालद्वारा बहिरङ्ग सेवा तर्फ ‘अनलाइन टिकेटिङ’ सुरुआत समेत गरिएको थियो ।
क्याटेगोरी : समाचार, स्वास्थ्य / जिवनशैली
ताजा अपडेट
- पूर्वप्रधानमन्त्री नेपाल र भट्टराईलाई मुद्दा दर्ता नगर्नुको कारण माग
- बीआरआई कार्यान्वयनको प्रतिबद्धतापछि मात्र पूर्वाधारमा सहयोग गर्ने चिनियाँ आश्वासन
- ‘खबरमा छु प्रिय’ विमोचन
- आन्दोलनरत डाक्टरहरु र सरकारबीच सहमति
- नेपाल र चीनबीच भएको सहमतिमा नौलो कुरा के छ ?
- अबदेखि होर्डिङ बोर्डमा विदेशी कलाकार देखिन नहुने
- शिक्षकका समस्या हल हुने गरी विधेयक पारित गर्नुपर्छ : सभापति देउवा
- योजना आयोगको उपाध्यक्षमा पूर्वसचिव नियुक्त
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया