उद्यमीलाई हरसम्भव सहयोग गर्न सरकार तत्पर छ : मन्त्री रिजाल
पाटन (ललितपुर) । उद्यमीलाई हरसम्भव उत्प्रेरित गर्दै सहयोग गर्न सरकार तत्पर रहेको उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले बताएका छन् ।
ललितपुरमा आयोजना गरेको ‘महिला उद्यमी मेला’को बुधबार उद्घाटन गर्दै मन्त्री रिजालले उद्यमीहरूको मेहनतका कारण मुलुक समृद्धितर्फ जाने बताए । उनले उद्यमीलाई सहयोग गर्नु सरकारको पहिलो कर्तव्य भएको बताए ।
“नयाँ योजना र विचारका साथ मुलुकलाई समृद्धिको दिशामा लैजानुपर्छ भन्नेमा सरकार प्रतिबद्ध छ”, मन्त्री रिजालले भने, “उद्यमीहरूको मेहनतका कारण मुलुक समृद्धितर्फ जाने भएकाले सरकार उद्यमीलाई हरसम्भव सहयोग गर्न तत्पर छ ।”
कार्यक्रममा हस्तकला महसङ्घका पूर्वध्यक्ष तथा ललितकला प्रज्ञाप्रतिष्ठानका प्राज्ञ धर्मरत्न शाक्यले महिलाले उत्पादन गरेका हरेक उत्पादनलाई स्थानीय तथा विश्व बजारमा पुर्याउने गरी नीति निर्माण गर्न सरकारलाई आग्रह गरे ।
बुधबारदेखि महासङ्घले आयोजना गरेको मेला पाँच दिनसम्म सञ्चालन हुने मेला आयोजक समितिकी संयोजक यशोदा दहालले जानकारी दिइन् । मेलामा सातदोबाटोस्थित उद्यमी घरका पाँच स्टलसमेत रहेको घरका सञ्चालक दीपक कार्कीले जानकारी दिए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- पशुपति कोषका तत्कालीन र हालका सदस्य सचिव क्रमशःढकाल र थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
- काठमाडौँ मेडिकल कलेजका डाक्टरलाई हातपात गर्ने दुई नियन्त्रणमा
- नेपालमा वैदेशिक लगानीको प्रतिबद्धता जनाउनेमा चीन अघिअघि, भारत पछिपछि
- एशियाली खेलकुद: के नेपाललाई क्रिकेटबाट पदकको आशा बढेको हो?
- सरकारी कर्मचारीलाई ध्यान र योग गर्न किन निर्देशन दिइयो?
- दोलखामा एक साता नबित्दै ११ किलो अबैध सुन बरामद
- नक्कली भारतीय नोटसहित अन्सारी पक्राउ
- पर्यटन प्रवर्द्धन नयाँ ढङ्गले गर्न जरूरी : मन्त्री किराती
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बाँझो जग्गामा सामूहिक आलु खेती
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया