राष्ट्रपतिद्वारा ऐतिहासिक कृष्ण मन्दिर दर्शन
काठमाडौँ । श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा बुधबार राष्ट्रपति रामचन्द्र पौडेल पाटन दरबारस्थित ऐतिहासिक कृष्ण मन्दिर गएर दर्शन एवं प्रसाद ग्रहण गरे ।
उनलाई ललितपुर क्षेत्र नं १ र २ का सांसदद्वय उदयशम्शेर राणा र प्रेमबहादुर महर्जन, बागमती प्रदेशका उद्योगमन्त्री रामकृष्ण चित्रकार, ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनलगायत जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितलगायत निजामती कर्मचारी र स्थानीयवासी एवं भक्तजनले स्वागत गरेका थिए ।
सोही अवसरमा राष्ट्रपति पौडेलले पाटन दरबार क्षेत्रका सांस्कृतिक सम्पदाको अभिरुचिपूर्वक अवलोकन गरे । उनलाई महानगर प्रमुख महर्जनले सम्पदास्थलका बारेमा जानकारी गराएका थिए । विश्व सम्पदा सूचीमा सूचीकृत पाटन दरबार क्षेत्रमा भ्रमणका लागि स्वदेशीका साथै विदेशी पर्यटकको पनि दैनिक भीड लाग्ने गर्छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- फुकोट कर्णालीको इआइए प्रतिवेदनमा सुझाव माग
- हेटौँडा सिमेन्ट उद्योगबाट आजदेखि पुनः उत्पादन सुरु
- सुमो चालक आचार्यको शव शङ्कास्पद अवस्थामा फेला
- १९औँ एसियाली खेलकुद : नेपालले महिला फुटबलमा बङ्लादेशसित बराबरी खेल्यो
- राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्रा अवलोकन
- सूचनाको हकलाई दुरुपयोग गर्न हुन्न : सभामुख घिमिरे
- नेपाल क्रिकेट: कीर्तिमानी ब्याटर दीपेन्द्र र कुशलको कहानी यस्तो !
- गोल्डेन ट्रायाङ्गल बाइक टुरका राइडरहरु पर्सा राष्ट्रिय निकुञ्जमा
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया