Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रविधि / शिक्षाखाँदबारीमा क्याम्पस भवन उद्घाटन

खाँदबारीमा क्याम्पस भवन उद्घाटन


खाँदबारी । सङ्खुवासभाको खाँदबारी नगरपालिकामा भारत सरकारको सहयोगमा निर्मित हिमालय किरण पब्लिक क्याम्पस भवनको उद्घाटन गरिएको छ । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव र परराष्ट्रमन्त्री एनपी साउदले बुधबार संयुक्तरूपमा सो भवनको उद्घाटन गरेका हुन् ।

हाल क्याम्पसमा छ सयभन्दा बढी विद्यार्थी अध्ययनरत छन् । अध्ययन गर्नेमा ६० प्रतिशत छात्रा रहेको क्याम्पसले जनाएको छ । नेपाल–भारत विकास सहयोग अन्तर्गत रु. तीन अर्ब ७४ करोडको लागतमा भवन निर्माण गरिएको हो । तीन तले भवनमा कक्षा कोठा, विज्ञान प्रयोगशाला, कम्प्युटर, पुस्तकालय, बैठक हललगायतको व्यवस्था छ ।

परराष्ट्रमन्त्री साउदले यो विकास परियोजनाले आउँदो पुस्ताका लागि शिक्षा सुनिश्चित गर्ने र उनीहरूको सुखद भविष्य निर्माणमा सहयोग पु-याउने विश्वास व्यक्त गरे । उनले भारतले नेपाल र नेपाली जनताको विकासमा योगदान पु-याउँदै आएको पनि बताए ।

राजदूत श्रीवास्तवले यो परियोजना भारत र नेपालबीचको बलियो विकास साझेदारीको महत्वपूर्ण हिस्सा भएको बताए । यो सहकार्यले हालैका वर्षमा नेपाल सरकार र नेपाली जनताका विभिन्न प्राथमिकताका क्षेत्रमा ठूलो फड्को मारेको उनको भनाइ थियो । दुवै देशका जनताको हितका लागि नेपाल सरकारको प्राथमिकताअनुरुप विकास साझेदारीलाई निरन्तरता दिन भारत सरकार प्रतिबद्ध रहेको राजदूत श्रीवास्तवले बताए ।


क्याटेगोरी : प्रविधि / शिक्षा, समाचार

तपाईको प्रतिक्रिया