यादवमाथि भएको आक्रमणको सम्बन्धमा गृहमन्त्रीसँग माग्यो कांग्रेसले जवाफ
काठमाडौं । सहमहामन्त्री महेन्द्र यादवमाथि भएको आक्रमणको घटनाका सम्बन्धमा नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री नारायाणकाजी श्रेष्ठसँग जवाफ माग गरेको छ ।
कांग्रेसका सांसदहरुले बिहीबार प्रतिनिधि सभाको बैठकमा विशेष समय र शून्य समय लिएर पार्टीकै तर्फबाट सरकारको ध्यानाकर्षण गरेका छन् । यादवमाथिको आक्रमणलाई थामथुम पार्ने प्रयास भएको भन्दै नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विरोध गरे ।
नेपाली कांग्रेसको तर्फबाट सरकारलाई सचेत गराउन चाहन्छु । सरकारको ध्यानाकर्षण गराउन चाहन्छु । यो विषयको गहिरो अनुसन्धान भएर सबै पक्षहरुको बारेमा अनुसन्धान होस्’ महामन्त्री थापाले भने ।
शान्ति सुरक्षाको विषयमा महामन्त्री थापाले सरकारको ध्यानाकर्षण गराउँदै गृहमन्त्रीलाई प्रश्न गरे, के अब हामीले काठमाडौंमा एक्लै हिड्न नहुने भएको हो ? यसरी खुकुरी हान्छन भने हामी एक्लै हिड्न हुने हो कि नहुने हो ?’
प्रतिनिधि सभाको अर्को बैठकमा कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले यसपछि बस्ने प्रतिनिधि सभाको बैठकमा यो घटनाको सत्यतथ्यको बारेमा सम्पुर्ण विवरण सहितको जानकारी र यसमा भए गरेका सम्पूर्ण कामहरुको विवरण सदनमा प्रस्तुत गर्न गृहमन्त्रीलाई आग्रह गरेका छन् ।
सत्य तथ्य छानबिन गरी पक्राउ परेका दोषी लगायत अरु पनि मानिसहरुको संलग्नता छ भने कडा भन्दा कडा कारबाहीका लागि समेत उनले सरकारलाई आग्रह गरे ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- फुकोट कर्णालीको इआइए प्रतिवेदनमा सुझाव माग
- हेटौँडा सिमेन्ट उद्योगबाट आजदेखि पुनः उत्पादन सुरु
- सुमो चालक आचार्यको शव शङ्कास्पद अवस्थामा फेला
- १९औँ एसियाली खेलकुद : नेपालले महिला फुटबलमा बङ्लादेशसित बराबरी खेल्यो
- राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्रा अवलोकन
- सूचनाको हकलाई दुरुपयोग गर्न हुन्न : सभामुख घिमिरे
- नेपाल क्रिकेट: कीर्तिमानी ब्याटर दीपेन्द्र र कुशलको कहानी यस्तो !
- गोल्डेन ट्रायाङ्गल बाइक टुरका राइडरहरु पर्सा राष्ट्रिय निकुञ्जमा
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया