देवराज घिमिरेसँग अष्ट्रेलियन राजदूतको शिष्टाचार भेट
काठमाडौँ । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमाप्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँग नेपालका लागि अष्ट्रेलियाका राजदूत फेलिसिटी भोल्कले शिष्टाचार भेट गरेकी छिन् । बिहीबार बिहान भएको भेटमा द्विपक्षीय हित, मैत्रीपूर्ण सम्बन्ध र उच्चस्तरीय भ्रमणलगायतका विषयमा छलफल भएको थियो ।
भेटमा नेपाल र अष्ट्रेलियाबीच सन् १९६० मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै अत्यन्तै सुमधुर र सहयोगात्मक सम्बन्ध रहेको सभामुख घिमिरेले उल्लेख गरे । “आपसी विश्वास, समझदारी र पारस्परिक सहयोगमा आधारित दुई देशबीच रहिआएको मैत्रीपूर्ण सम्बन्ध पछिल्ला दिनमा अझ फराकिलो र गहिरो बन्दै गएकामा खुसी लागेको छ”, उनले भने ।
सभामुख घिमिरेले उनीहरुको शैक्षिक वृत्ति विकासबारे चासो लिदै नेपाली विद्यार्थीको ठूलो सङ्ख्या अष्ट्रेलियामा रहेको बताए । राजदूत भोल्कले अष्ट्रेलियामा एक लाख ३० हजारभन्दा बढी नेपालीको बसोबास रहेको बताउँदै उनले क्यानबेरामा बढी बोलिने भाषामा नेपाली तेस्रो स्थानमा रहेकोसमेत उल्लेख गरिन ।
नेपाललाई अष्ट्रेलियाले उच्च प्राथमिकतामा राखेको बताउँदै राजदूत भोल्कले गएको वैशाखमा अष्ट्रेलियाका सहायक विदेश मामिलामन्त्री टिम वाट्सले नेपाल भ्रमण गरेको स्मरण गराइन् । उनले आगामी अक्टोबरमा अष्ट्रेलियाको प्रतिनिधिसभाका सभामुखको नेपाल भ्रमणबारे जानकारी गराएकि थिइन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- पेट्रोलियम पदार्थको मूल्य बढ्यो
- सरकार र चिकित्सकबीच सहमति, आन्दोलन फिर्ता
- प्रधानमन्त्री प्रचण्ड स्वदेश फर्किए, उनको ‘लामो अनुपस्थिति’लाई लिएर उठे यस्ता प्रश्न ?
- फ्लाई दुबईको जहाजबाट बिमानस्थलमा २.७ किलो सुन बरामद
- अर्थतन्त्र सुधारोन्मुख रहेकाले निराश नहुन उद्योगीहरूलाई अर्थमन्त्री डा महतको आग्रह
- चीनबाट अपेक्षाकृत लाभ लिन नेपाल चुक्यो : प्रदेश प्रमुख शेरचन
- घोराही–तुलसीपुर चार लेन मर्मत हुँदै
- नेपाल दलित सङ्घको अध्यक्षमा विश्वकर्मा
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बाँझो जग्गामा सामूहिक आलु खेती
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया