नीतिविपरीत संरचना बनाउनेलाई कारबाही गर्न माग
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीले प्रतिनिधिसभाको बिहीबारको बैठकमा संस्कृति र परम्परा झल्कने गरी व्यवस्थित सहरी बस्ती विकास गर्न आग्रह गर्दै विद्यमान कानुन र नीतिविपरीत संरचना बनाउनेलाई कारबाही गर्न माग गरेका छन् ।
उनले मापदण्डलाई पालना नगरी सरकारी आयोजना र निकायले नै नदी कटानसमेत गरी संरचना निर्माण गरिँदा कारवाही नहुने तर सर्वसाधारण जनताले कमजोरी गरेमा डोजर लगाएर भत्काइने शैली उचित नभएको बताए ।
स्वास्थ्य सेवा सहज नभएको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानबहादुर शाहीले गणतन्त्र आएपछि एउटा पनि सरकारी अस्पताल नबनेको टिप्पणी गरे । जनता समाजवादी पार्टीका रञ्जुकुमारी झाले नेपालका लागि चीनका राजदूतले नेपाल र भारतबीचको सम्बन्धका बारेमा आफूखुसी वक्तव्य दिइनु नेपाली स्वाभिमानमाथिको प्रहार भएको बताइन् ।
जनमत पार्टीका अब्दुल खानले सप्तरीको गजेन्द्रनारायण सिंह स्मृति अस्पतालमा सिन्डिकेट खडा गरी व्यवस्थापनले लापरबाही गर्दा जनताले बाहिर गएर सेवा लिनुपर्ने स्थिति अन्त्य गर्न माग गरे । नेकपा (एकीकृत समाजवादी) पार्टीका मेटमणि चौधरीले राष्ट्र बैंकले मौद्रिक नीति खुकुलो बनाइ ब्याजदरमा सरलीकरण गर्नुपर्नेमा जोड दिए । लोकतान्त्रिक समाजवादी पार्टीका सर्वेन्द्रनाथ शुक्लले भारतसँग विद्युत् व्यापार सम्झौता गर्दा नेपाललाई लाभ हुने गरी गर्न आग्रह गरे ।
नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले नेपालको आर्थिक समृद्धि यसरी हुन्छ भनेर चिनियाँ राजदूतले भनिनुलाई आपत्तिको विषय नभएको तर्क राखे । नागरिक उन्मुक्ति पार्टीका अरुणकुमार चौधरीले नेपालस्थित विदेशी राजदूतले नेपालले कुन देशसँग कस्तो सम्बन्ध राख्नुपर्छ भन्ने बारेमा सार्वजनिक अभिव्यक्ति दिन नहुने बताए ।
स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले भागबण्डाको राजनीति अन्त्य गरेर सुशासन कायम गर्न माग गरआमजनता पार्टीका प्रभु साहले मुलुकभित्र दोहन गरेर विदेशमा लगेर सम्पत्ति थोपर्ने र विदेशमा गएर श्रम गरेर नेपालमा विप्रेषण भित्र्याउने कसका पक्षमा सरकार छ भन्ने स्पष्ट हुन आवश्यक रहेको बताए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- प्रधानमन्त्री प्रचण्ड स्वदेश फर्किए, उनको ‘लामो अनुपस्थिति’लाई लिएर उठे यस्ता प्रश्न ?
- फ्लाई दुबईको जहाजबाट बिमानस्थलमा २.७ किलो सुन बरामद
- अर्थतन्त्र सुधारोन्मुख रहेकाले निराश नहुन उद्योगीहरूलाई अर्थमन्त्री डा महतको आग्रह
- चीनबाट अपेक्षाकृत लाभ लिन नेपाल चुक्यो स् प्रदेश प्रमुख शेरचन
- घोराही–तुलसीपुर चार लेन मर्मत हुँदै
- नेपाल दलित सङ्घको अध्यक्षमा विश्वकर्मा
- एमाले कर्णाली प्रदेश अध्यक्षमा तीन जनाबीच प्रतिस्पर्धा
- मनसुन बाहिरिन अझै केही दिन लाग्ने
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बाँझो जग्गामा सामूहिक आलु खेती
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया