प्रदेश प्रमुख शर्माद्वारा चेपाङ जातिलाई न्वागी पर्वको शुभकामना
मनहरी (मकवानपुर) । प्रकृतिपूजक चेपाङ समुदायको महत्त्वपूर्ण पर्व छोनाम अर्थात् न्वागीका अवसरमा बागमती प्रदेश तथा देशका विभिन्न जिल्लामा बसोबास गर्ने चेपाङसहित सम्पूर्ण नेपालीमा बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले शुभकामना व्यक्त गरेका छन् ।
शुक्रबार शुभकामना सन्देश जारी गर्दै उनले नयाँ अन्न खाने दिनका रूपमा मनाइने न्वागी पर्व चेपाङ जातिको जीवनशैली र संस्कृतिसँग जोडिएको उल्लेख गरे । सन्देशमा भनिएको छ, “चेपाङहरूको भाषा, धर्म, संस्कृति र परम्पराको संरक्षण गर्न यो पर्वले महत्त्वपूर्ण भूमिका खेल्दछ ।”
यस्ता पर्वले धार्मिक सहिष्णुता एवं भातृत्व विकासमा टेवा पुग्ने प्रमुख शर्माको भनाइ छ । उनले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक विविधताले भरिपूर्ण नेपालमा न्वागीजस्ता पर्वले विविधताभित्र एकता, धार्मिक सहिष्णुता एवं भातृत्व विकासमा महत्त्वपूर्ण टेवा पुर्याउने बताए । चेपाङ समुदाय नेपालको बागमती प्रदेशको चितवन, मकवानपुर र धादिङ तथा देशका अन्य विभिन्न ३१ जिल्लामा बसोबास गर्दछन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- शुक्रबार १० अर्ब बराबरको विकास ऋणपत्र बिक्री गरिँदै
- कर्जा सुरक्षण कार्यक्रमलाई विविधीकरण गरी लगानीमैत्री वातावरण सिर्जना गर्नुपर्छ : अर्थमन्त्री डा महत
- पार्टीका नाममा चलाइएका नक्कली सामाजिक सञ्जाललाई एमालेले कारबाही गराउने
- साउन र भदौमा पाँच अर्ब ४३ करोडको विद्युत् निर्यात
- श्रम आप्रवासनका सवाल सम्बोधन गर्न सरकारको ४७ बुँदे निर्णय
- युरोपका तीन देशमाथि व्यापार प्रतिबन्ध लगाउने युक्रेनको तयारी
- सेयर धितो कर्जा परिमार्जन हुने संकेत संगै बढ्यो सेयर बजार
- अमेरिकाको ऋण तीन सय ३० खर्ब डलर नाघ्यो
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया