यादवमाथिको आक्रमणको विरोधमा तरुण दलको विरोध प्रदर्शन
काठमाडौं । सहमहामन्त्री महेन्द्र यादवमाथि बुधबार आक्रमण गरेको विरोधमा तरुण दलले विरोध प्रदर्शन गरेको छ । तरुण दलका पूर्व अध्यक्ष रहेका यादवलाई रिपोर्टर्स क्लबको कार्यक्रमबाट बाहिरिने क्रममा खुकुरी प्रहार गरिएको थियो ।
आक्रमणबाट घाइते भएका यादवको टाउको पछाडिको भागमा चोट लागेको छ । ट्रमा सेन्टरमा उनको उपचार भइरहेको छ । बिहीबार बसेको तरुण दलको केन्द्रीय समितिको बैठकले देशभर विरोध गर्ने निर्णय गरेको थियो ।
कांग्रेस भ्रातृ संस्था तरुण दलले उक्त घटनाको विरोधमा काठमाडौंको रत्नपार्कस्थित शान्ति बाटिकामा विरोध प्रदर्शन गरेको हो । गृहमन्त्री नारायणकाजी श्रेष्ठको तरुण दलले राजीनामा मागेको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- नेशनल पेमेन्ट गेटवेमा भ्रष्टाचार काण्डमा सचिव मरासिनीसहित ७ जनाविरुद्ध मुद्दा दायर
- ओमोडाले ‘क्रस फ्युचर’ ब्रान्ड स्थापना गर्ने
- जीडब्लुएमको टेस्ट ड्राइभ एन्ड एक्सचेन्ज फिएस्टा
- प्यारामाउन्ट मोटर्सको भक्तपुरमा दोस्रो सोरुम
- बृज ग्लास उद्योगमा लेमिनेसन प्लान्ट
- मनकामना केबलकार दुई दिन बन्द रहने
- एनसेलको निःशुल्क स्वास्थ्य शिविर
- लिट्मस केबल्सको ‘वायरिङ दमदार, घर सानदार’ योजना
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बाँझो जग्गामा सामूहिक आलु खेती
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया