दुर्गा प्रसाईँ हङकङमा हुन्डीवालाको घेराबन्दीमा !
हङकङबाट तस्करीको सुन भित्रिएको विषय छानबिनको दायरामा गएपछि सुन तस्करीमा संलग्न रहेको आशंका गरिएका हुन्डीवालाहरूले निजी कामको सिलसिलामा हङकङ आएको बताउने विवादास्पद व्यापारी दुर्गा प्रसाईँलाई भव्य स्वागत सत्कार गरेका छन् । उनीहरूको आतिथ्य ग्रहण गरेर प्रसाईँ शनिबार स्वदेश फर्किएका छन् ।
पछिल्लो समय हङकङबाट मोटरसाइकलको ‘ब्रेक सु’को नाममा आएको तस्करीको ६० किलो सुन समातिएको थियो । उक्त सुन समातिएपछिको छानबिनमा राजनीतिक र प्रशासनिक क्षेत्रको उच्च तहका व्यक्तिहरू समेत तानिएपछि सुन तस्करी गरी पठाउने हङकङका हुन्डी व्यापारीहरू भयभीत भएका छन् र नेपालको राजनीतिक नेतृत्वबाट आफ्नो संरक्षण हुन नसक्ने हो कि भन्ने शंकास्पद अवस्थामा पुगेका छन् ।
ठीक त्यही बेला गत १९ गते प्रसाईँ हङकङ प्रस्थान गरेका थिए र २० गते उनको स्वागतमा हङकङमा भव्य कार्यक्रम गरिएको थियो । कडा बोलीका कारण सामाजिक सञ्जालमा सुपरिचितरूपमा हुन्डीको निर्बाध कारोबार गर्दै आएका व्यक्तिहरूले योजनाबद्धरूपमा घेराबन्दीमा पारेका थिए तर स्वयम् प्रसाईँले हुन्डीवाला र तस्करहरूको चाहना पूरा हुन नदिने भनी आफ्ना शुभचिन्तकहरूलाई बताएर स्वदेश फर्किएका छन् । हुन्डीवालाहरूले चाहिँ मुलुकको परिस्थिति फेरिँदै गएकाले सेल्टर खोज्दै प्रसाईँसँग नजिकिने प्रयास गरेका छन् । हङकङ तस्करी र हुन्डीको गेट–वे मानिन्छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले सुन तस्करीको अनुसन्धान गर्न खटाएको एसएसपी दिनेश आचार्यको टोली औपचारिकता पूरा गरेर फर्किएलगत्तै दुबईका राजकुमार जुमा अल मोक्तुमले सुनको लौरो उपहार दिएपछि झन् चर्चाको पात्र बनेका प्रसाईँ हङकङ आएका थिए र उनको स्वागत र सम्मानमा २० गते हङकङमा रहेका नेपाली व्यवसायीहरूको नाममा जोर्डनमा रहेको याक एन्ड यति रेस्टुरेन्टमा दुर्गा प्रसाईँसँग अन्तरसंवाद कार्यक्रम गरेका थिए । ‘अभियान्ता, राष्ट्रवादी, समाजसेवी नेपालीमाझ सुपरिचित व्यक्तित्व आदरणीय दुर्गा प्रसाईँसँग अन्तरसंवाद भनेर उक्त कार्यक्रममा भ्रष्टाचार र तस्करीतन्त्रको विरोधी छवि बनाएका खरो स्वभावका प्रसाईँ आफैँ हुन्डीका नाइकेहरूको घेराबन्दीमा परेका हुन् ।
विश्वभर छरिएका नेपाली श्रमिकहरूले पसिना बगाएर जम्मा गरेको कमाईलाई हुन्डीको नाममा रजाइँ गर्ने र हुन्डी गर्दा विदेशमा संकलन भएको विदेशी मुद्राको दुरूपयोग गरेर सुन तस्करी गर्दै आएको हुन्डीवाला गिरोहको लागि प्रसाईँ डुब्न लागेकालाई सिन्कोको सहारा बनेका छन् ।
आफ्नो कम्पनीका लागि सामान किन्न हङकङ आएको बताउने व्यवसायी प्रसाईँ जानाजान हुन्डीवालहरूको संरक्षण गर्न हङकङ आएका हुन् कि परिबन्दले अचानक हुन्डीवालाहरूको घेराबन्दीमा परेका हुन्, त्योचाहिँ स्पस्ट हुन सकेको छैन । तर, उनी आफैँले आफ्ना निकटकासँगचाहिँ आफूलाई तस्करहरूले दुरूपयोग गर्न खोजेको बताएका छन् ।
हस्पिटलको सामान किनमेलका लागि हङकङ भ्रमणमा पुगेका व्यवसायी प्रसाईँको कार्यक्रम संयोजनका हर्ताकर्ता तुलसी उप्रेतीले गरेका थिए । उनी प्रसाईँका मुखबोली भान्जा हुन् । तर, प्रसाईँ पुष्प गुरुआमाको निम्तोमा हङकङ भ्रमणमा पुगेको बुझिएको छ ।सामान किन्न हङकङ आएको भन्दा पनि व्यवसायी प्रसाईँ लगानी जुटाउन पुगेको र हङकङ बसेका नेपालीहरूसँग अन्तरसंवाद कार्यक्रम गरिएको बुझिएको छ । उनीसँगको अन्तरसंवाद उल्लासमय वातावरणमा भएको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #Page 1
ताजा अपडेट
- फुकोट कर्णालीको इआइए प्रतिवेदनमा सुझाव माग
- हेटौँडा सिमेन्ट उद्योगबाट आजदेखि पुनः उत्पादन सुरु
- सुमो चालक आचार्यको शव शङ्कास्पद अवस्थामा फेला
- १९औँ एसियाली खेलकुद : नेपालले महिला फुटबलमा बङ्लादेशसित बराबरी खेल्यो
- राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्रा अवलोकन
- सूचनाको हकलाई दुरुपयोग गर्न हुन्न : सभामुख घिमिरे
- नेपाल क्रिकेट: कीर्तिमानी ब्याटर दीपेन्द्र र कुशलको कहानी यस्तो !
- गोल्डेन ट्रायाङ्गल बाइक टुरका राइडरहरु पर्सा राष्ट्रिय निकुञ्जमा
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया