Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारलगानी बोर्डद्वारा १२ वर्षमा १२ खर्ब लगानी स्वीकृत

लगानी बोर्डद्वारा १२ वर्षमा १२ खर्ब लगानी स्वीकृत


लगानी बोर्डले स्थापनाको १२ वर्षको अवधिमा ४२ वटा परियोजनाका लागि १२ खर्ब रुपैयाँभन्दा बढी लगानी स्वीकृत गरेको छ । बोर्डले १२ वर्षमा ऊर्जा क्षेत्रका २८ र गैरऊर्जा क्षेत्रका १४ वटा गरी ४२ वटा परियोजनाका लागि १२ खर्ब ५० अर्ब रुपैयाँबराबरको लगानी स्वीकृत गरेको जानकारी दिएको छ । यो अवधिमा खर्ब २५ अर्ब रुपैयाँबराबरको लगानी परिचालन भइसकेको जनाएको छ ।

बोर्डले शुक्रबार १२औँ वार्षिकोत्सव मनाउँदै आफू मातहत भएका अहिलेसम्मका कामको बारेमा जानकारी गराएको हो । बोर्डले प्रतिदिन छ हजार टन उत्पादन क्षमता भएको होङ्सी शिवम्् सिमेन्ट र तीन हजार टन उत्पादन क्षमता भएको हुवासिन सिमेन्ट परियोजना व्यावसायिक सञ्चालनमा आइसकेको बताएको छ । यस्तै बोर्डले धरानमा ‘वेस्ट टु इनर्जी’ परियोजना निर्माणसम्पन्न भई सञ्चालनमा आएको पनि जनाएको छ । भेन्चर वेस्ट टु इनर्जीले धरान उपमहानगरपालिकाको घरायसी ठोस फोहोरबाट ऊर्जा उत्पादन गर्छ ।

इनर्जीको ५० मेट्रिक टन अविभाजित फोहोरहरुको क्षमतासहित दिगो फोहोर व्यवस्थापनको समाधान दिनेछ । बोर्डले नौ सय मेगावाटको अरुण –३ जलविद्युत् परियोजना, दुई सय १६ मेगावाटको माथिल्लो त्रिशुली कार्यान्वयनमा लगिसकेको छ भने नौ सय मेगावाटको माथिल्लो कर्णाली जलविद्युत् परियोजना तथा छ सय ६९ मेगावाटको तल्लो अरुण जलविद्युत् परियोजनाको परियोजना विकास सम्झौता सम्पन्न भई वित्तीय व्यवस्थापनको क्रममा रहेको जनाएको छ । चार सय ५० मेगावाटको सेती नदी–६ सहित राष्ट्रिय गौरवका सात सय ५० मेगावाटको पश्चिम सेती जलविद्युत् परियोजना अध्ययन तथा विकासका लागि एनएचपीसी लिमिटेडसँग समझदारी भई विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) को तयार हुँदै छ । यसका साथै तीन सय २७ मेगावाटको अपर मस्र्याङ्दी–२ जलविद्युत् परियोजनको डीपीआर मूल्यांकन भइरहेको छ र परियोजना विकास सम्झौता (पीडीए)को तयारी समेत सुरु भएको बोर्डले जनाएको छ ।

बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भटले लगानीकर्ताको विश्वास र लगानी गन्तव्यको रुपमा साख अभिवृद्धिमा एउटा नयाँ उचाइ प्राप्त भएको बताए  । उनले नेपालमा पहिलो पुस्ताको विदेशी लगानीकर्ताको रुपमा परिचित डाबर नेपालले उत्पादन वृद्धि र विविधीकरण लागि नौ अर्ब ६८ करोड रुपैयाँबराबरको पुनर्लगानी गर्न लागेको जानकारी समेत दिए । बोर्डको ५५औँ बैठकबाट चीन–नेपाल मैत्री औद्योगिक पार्क परियोजनाको पीडीएका लागि वार्ता समिति गठन भई कार्य थालनी गरिसकेको भट्टले बताए ।

कार्यक्रमा बोर्डका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकमा रोजगारी र उत्पादन वृद्धि गर्दै उच्च, दिगो र फराकिलो आर्थिक वृद्धिमार्फत समावेशी र उत्थानशील विकासको आधार सिर्जना गर्न विदेशी लगानी र निजी लगानीको अपरिहार्यता रहेको बताए । लगानीको वातावरण सुधार गरी सरकारले लगानीकर्ताका हरेक चासो, सरोकार र समस्यालाई सम्बोधन गर्दै आएको र त्यसलाई आगामी दिनमा अझै प्रभावकारी बाउने कुरामा उनले विशेष जोड दिए ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया