Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारमलङ्गवामा कर्फ्यु हटाएर निषेधाज्ञा जारी

मलङ्गवामा कर्फ्यु हटाएर निषेधाज्ञा जारी


मलङ्गवा (सर्लाही) । शनिबारदेखि मलङ्गवामा लगाइएको कर्फ्यु आइतबार बिहान ८ बजेबाट हटाइएको छ । कर्फ्यु हटाइए पनि निषेधाज्ञा भने जारी रहने जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।

मलङ्गवाका विभिन्न स्थानमा अहिले पनि व्यापक मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ । कर्फ्यु हटाइएपछि मलङ्गवाको जनजीवन सामान्य बन्दै गएको छ । बजार, पसल खुल्न थालेका छन् भने यातायातका साधन चल्न सुरु भएका छन् ।

बिरोध जुलुस, धर्ना, आमसभा लगायतका कार्यक्रम गर्न नपाइने तर व्यक्तिहरुले हिँडडुल गर्न पाउने, बजार पसल खोल्न पाउनेगरी निषेधाज्ञा जारी गरिएको सर्लाहीका प्रहरी प्रमुख नरेशराज सुवेदीले जानकारी दिए ।

शुक्रबार साँझ कृष्ण जन्माष्टमीको मूर्ति सेलाएर फर्किने क्रममा दुई पक्षबीच ढुङ्गा हानाहान तथा झडप भएको थियो । झडप हुन थालेपछि स्थानीय प्रशासनले हिजो शनिबार साँझ ५ बजेदेखि आईतवार बिहान ८ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको थियो । त्यसै विषयलाई लिएर शनिवार पनि प्रदर्शन तथा झडप हुन थालेपछि स्थानीय प्रशासनले कर्फ्यु आदेश गरेको थियो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया