सिम्फोजियम कार्यक्रम ‘टेक ट्रेण्ड्स, २०२३’ सम्पन्न
काठमाडौँ । काठमाडौँको बनस्थलीस्थित काठमाडौँ बिजनेश क्याम्पस (केबीसी)ले सञ्चालन गरेको ‘टेक ट्रेण्ड्स, २०२३’ सिम्फोजियम कार्यक्रम आइतबार सम्पन्न भएको छ । केबीसीको परिसरमा सम्पन्न सिम्फोजियम कार्यक्रममा आईटी क्षेत्रका विज्ञको प्रस्तुति रहेको थियो ।
कार्यक्रमको प्रारम्भमा ‘जिरो वेस्ट वेबसाइट’ सार्वजनिक गरिएको थियो । कार्यक्रममा पछिल्लो समय चर्चामा रहेको आर्टिफिसियल इन्टेलिजेन्स (एआई), डाटा साइन्स र साइबर सुरक्षाको विषयलाई तीनवटा शत्रमा विभाजन गरी बिस्तृतरुपमा छलफलसमेत गरिएको थियो । उक्र ‘एप’ काठमाडौँ बिजनेश क्याम्पसको बिसीएमा अध्ययनरत तेस्रो सेमेष्टरका विद्यार्थीले बनाएका हुन् । साथै काठमाडौँ बिजनेश क्याम्पसले आफ्नो नयाँ लोगो पनि सो अवसरमा सार्वजनिक गरेको थियो ।
पहिलो शत्रमा विभिन्न विषयमा रोजेश सिखाकर, इन्जिनियर तथा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता योगेश अर्याल र सुमन सापकोटाको प्रस्तुती रहेको थियो । कार्यक्रममा ‘इमर्जिङ ट्रेन्ड्स इन आइसिटीः अवसर र चुनौतीहरु’ विषयमा समिर थापाले प्रस्तुति दिएका थिए । उनले नेपालमा प्रविधि क्षेत्रमा निकै कम लगानी भएकाले यसको विकासमा पछि परेको बताए ।
यस्तै ‘नेटवर्किङ एण्ड साइबर सेक्युरिटी’बारे टोरन्टो विश्वविद्यालयका विज्ञ डा. डिल्ली शर्माको प्रस्तुति रहेको थियो । यसैगरी कार्यक्रममा एसिया प्रोजेक्ट फाउण्डेसनका निर्देशक साजना महर्जन अमात्य, श्रीप्रसाद खनाल र पदमराज पन्तको प्रस्तुती रहेको थियो । सुबिसु केबल नेटका रामकृष्ण परियार, पंकजकुमार ठाकुर र रमेश पोखरेलको समेत कार्यक्रममा प्रस्तुती रहेको थियो । सिम्फोजियम कार्यक्रममार्फत विद्यार्थीले आफूलाई कुन विषय पढ्दा सक्षम र गुणस्तरिय शिक्षा प्राप्त गर्न सकिन्छ भन्नेबारे बुझ्ने मौका मिलेको काठमाडौँ बिजनेश क्याम्पसले विश्वास लिएको छ । क्याम्पसले यसअघि पनि विभिन्न कार्यक्रम आयोजना गर्दै आएको थियो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- शुक्रबार १० अर्ब बराबरको विकास ऋणपत्र बिक्री गरिँदै
- कर्जा सुरक्षण कार्यक्रमलाई विविधीकरण गरी लगानीमैत्री वातावरण सिर्जना गर्नुपर्छ : अर्थमन्त्री डा महत
- पार्टीका नाममा चलाइएका नक्कली सामाजिक सञ्जाललाई एमालेले कारबाही गराउने
- साउन र भदौमा पाँच अर्ब ४३ करोडको विद्युत् निर्यात
- श्रम आप्रवासनका सवाल सम्बोधन गर्न सरकारको ४७ बुँदे निर्णय
- युरोपका तीन देशमाथि व्यापार प्रतिबन्ध लगाउने युक्रेनको तयारी
- सेयर धितो कर्जा परिमार्जन हुने संकेत संगै बढ्यो सेयर बजार
- अमेरिकाको ऋण तीन सय ३० खर्ब डलर नाघ्यो
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया