Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनिजगढ विमानस्थल पोखरा र लुम्बिनी भन्दा अगाडि बन्नुुपर्थ्यो : अर्थमन्त्री

निजगढ विमानस्थल पोखरा र लुम्बिनी भन्दा अगाडि बन्नुुपर्थ्यो : अर्थमन्त्री


काठमाडौं । बीपी जयन्तीका अवसरमा बोल्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारले निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई उच्च प्राथमिकता दिएर बनाउनुपर्ने बताएका छन् ।

उनले लुम्बिनी र पोखरा एयरपोर्ट भन्दा पहिला निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउनुपर्नेमा प्राथमिकता यकिन गर्न नसक्दा काम सम्पन्न हुन नसकेको बताए । अबको ४ वर्षसम्ममा काठमाडौं–तराई द्रुतमार्ग बनिसक्ने र त्यही अवधिमा एयरपोर्ट पनि बनाइसक्ने उनले बताए ।

नेपालमा पर्यटनको सम्भावना धेरै रहेको र त्यही क्षेत्रलाई आर्थिक उन्नतिसँग जोड्न पूर्वाधार विकासमा जोड दिनुपर्ने मन्त्री महतले बताए । उनले सबै मिलेर काम गर्ने हो भने नेपालमा आर्थिक क्रान्ति सम्भव रहेको पनि बताए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया