सूर्यदर्शन बचत तथा ऋण सहकारीका कोषाध्यक्ष रम्तेल पक्राउ
काठमाडौं : सहकारीमार्फत ठगी गरेको आरोपमा पोखराको सूर्यदर्शन बचत तथा श्रण सहकारी संस्था लिमिटेडका कोषध्यक्ष कुमार रम्तेल पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीले उनलाई आइतवार जिल्ला अदालत कास्कीबाट पक्राउ पूर्जी जारी गरेको थियो । त्यसपछि उनलाई प्रहरीको अपराध महाशाखाले पक्राउ गरेको हो ।
बचतकर्ताहरुको रकम हिनामिना एवं ठगी गरेर उनी फरार भएको भन्दै पिडीतहरुले उनीविरुद्ध उजूरी दिएका थिए । रम्तेल ग्यालेक्सी फोरके टेलिभिजनका संचालक जीवी राईका साझेदार समेत हुन् ।
पोखरामा सूर्यदर्शन बचत तथा ऋण सहकारीमार्फत बचतकर्ताको बचत हिनामिना गरेको भन्दै ९ सय ७१ जनाले उजुरी दिएका थिए । जाहेरी दिएकाहरुले १ अर्ब ८ करोड ११ लाख रुपैयाँ फिर्ता माग गरेका छन् ।
पोखरा महानगर ४, नालाकोमुखमा रहेको सहकारीका सञ्चालक समितिका पदाधिकारीहरू समेतले निक्षेपकर्ताहरुको बचत रकम फिर्ता नगरेका र सहकारीको रकम हिनामिना तथा ठगी गरेर फरार रहेको भन्दै प्रहरीले अन्य बचतकर्ताहरूलाई जाहेरी दिन सार्वजनिक सूचना निकालेको थियो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- मिड सोलु हाइड्रोपावरको सेयर रजिस्ट्रारमा एनआईसी एसिया क्यापिटल
- हिमालयन रिको प्रमुख कार्यकारीमा पौडेल
- नबिल बैंकको नयाँ शाखा मोरङमा
- एमसीसीकी सिइओ एलिस र पूर्व प्रधानमन्त्री देउवाबीच भेटवार्ता
- आईएमई पेबाट एसआईपी भुक्तानी
- गुल्मीको इन्द्रेगौँडामा ग्लोबल आईएमईको एक्सटेन्सन काउन्टर
- सांसदको दायित्व देशमा गुणस्तरीय कानुन बनाउने : नेत्री अग्रहरी
- सरकारले स्वास्थ्यकर्मीको सुरक्षाको जिम्मा लिन्छ : मुख्यमन्त्री पाण्डे
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बाँझो जग्गामा सामूहिक आलु खेती
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया