चुक्ता पुँजी कायम गर्न बीमा कम्पनीहरूलाई सकस
तीन जीवन बीमा कम्पनीले मात्रै पु-याए न्यूनतम चुक्ता पुँजी
काठमाडौं । तत्कालीन बीमा समिति हालको नेपाल बीमा प्राधिकरणले जीवन बीमा र निर्जीवन बीमा कम्पनीहरुको नाममा २०७८ चैत्र १० गते चुक्ता पुँजी वृद्धिसम्बन्धी परिपत्र जारी ग-यो । उक्त परिपत्रअनुसार २०७९ असार मसान्तसम्म जीवन बीमा कम्पनीहरुको हकमा न्यूनतम पाँच अर्ब र निर्जीवन बीमा कम्पनीहरुको हकमा न्यूनतम दुई अर्ब ५० करोड रुपैयाँ चुक्ता पुँजी कायम गर्नुपर्ने व्यवस्था तोकियो । उक्त परिपत्रमा भनिएको थियो, ‘बीमा कम्पनीहरुको चुक्ता पुँजी वृद्धि गरी समग्रमा नेटवर्थ बढाई सोअनुरुप कम्पनीहरुको जोखिम वहन क्षमता बढाउन, कम्पनीहरुलाई एक–अर्कामा गाभ्ने/गाभिने अनुकूल वातावरण सिर्जना भई उपयुक्त संख्यामा राख्न तथा पुँजीगत आधार बलियो बनाउन, ठूलो पुँजी भएमा सेवाको लागत कम भई बीमाको पहुँच विस्तार गर्न, ठूलो पुँजी कायम गरी कम्पनीहरुबीच स्वस्थ्य प्रतिस्पर्धाको वातावरण तयार गर्न र जोखिममा आधारित पुँजीसँग सामञ्जस्यता हुनेगरी चुक्ता पुँजी कायम गर्न पुँजी वृद्धिको निर्णय गरिएको हो ।’
तोकिएको चुक्ता पुँजी २०७९ साल चैत्र मसान्तसम्ममा कायम गरिसक्नुपर्ने र निर्धारित पुँजी उपरोक्त समयावधिभित्र पु-याउन नसक्ने कम्पनीहरुले ‘बीमक गाभ्ने, गाभिने तथा प्राप्ति गर्नेसम्बन्धी निर्देशिका, २०७६– बमोजिम हुनेगरी पुँजी कायम गर्नुपर्ने परिपत्रमा उल्लेख थियो । यसैगरी, विदेशी बीमकको रुपमा दर्ता भई सञ्चालनमा रहेको बीमकले बीमक दर्ता तथा बीमा व्यवसाय सञ्चालनसम्बन्धी निर्देशिका, २०७३ को दफा ४ बमोजिमको तोकिएको न्यूनतम चुक्ता पुँजीबराबरको निर्धारित पुँजी कायम गर्ने र संयुक्त लगानीमा सञ्चालित कम्पनीले तोकिएको समयावधिभित्र उल्लिखित निर्देशिकाको दफा ४ बमोजिमको तोकिएको न्यूनतम चुक्ता पुँजी कायम गर्ने व्यवस्था रहेको परिपत्रमा उल्लेख थियो । तत्कालीन बीमा समितिले त्यतिबेला ३० दिनभित्र आफ्नो पुँजी योजना सम्बन्धित बोर्डबाट निर्णय गराई समितिसमक्ष पेस गर्नुपर्ने व्यवस्थासहित उक्त परिपत्र जारी गरेको थियो ।
अहिले तत्कालीन बीमा समिति नेपाल बीमा प्राधिकरणको नाममा रुपान्तरित भएको छ भने परिपत्र जारी भएको पनि दुई वर्ष भइसकेको छ । तर, अहिलेसम्म पनि सञ्चालनमा रहेका १४ वटा जीवन बीमा कम्पनीहरुमध्ये तीनवटाले मात्र प्राधिकरणले तोकेअनुसारको न्यूनतम चुक्ता पुुँजी कायम गरेका छन् । जसमध्ये नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आठ अर्ब २० करोड ७९ लाख ६६ हजार पाँच सय ५० रुपैयाँ चुक्ता पुँजी पु-याएको छ भने हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले आठ अर्ब दुई करोड तीन लाख ८४ हजार रुपैयाँ चुक्त पुँजी कायम गरेको छ । यसैगरी नेसनल लाइफ इन्स्यरेन्स कम्पनीले पनि पाँच अर्ब एक करोड १६ लाख ५५ हजार चार सय २० रुपैयाँ चुक्ता पुँजी कायम गरेको छ । यीबाहेकका सिटिजन्स लाइफ इन्स्योरेन्स कम्पनी, सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, राष्ट्रिय बीमा संस्थान र लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) लिमिटेडको चुक्ता पुँजी भने आर्थिक वर्ष २०७९/८० सम्ममा क्रमशः दुई अर्ब ६२ करोड ५० लाख, दुई अर्ब २४ करोड, दुई अर्ब ८० करोड र दुई अर्ब दुई करोड ४८ लाख ९७ हजार र दुई अर्ब ६५ करोड ३२ लाख रुपैयाँ रहेको छ । यस अवधिमा आईएमई लाइफले चार अर्ब, एसियन लाइफ इन्स्योरेन्स कम्पनीले तीन अर्ब १५ करोड ५३ लाख, सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले चार अर्ब १८ करोड ४० लाख, सूर्यज्योति लाइफ, इन्स्योरेन्स कम्पनीले चार अर्ब ५४ करोड ५५ लाख ७२ हजार र प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले चार अर्ब २९ करोड ६० लाख रुपैयाँ चुक्ता पुँजी कायम गरेका छन् ।
जीवन बीमा कम्पनीहरुको चुक्ता पुँजीसम्बन्धी यही तथ्यांकको आधारमा पनि अझै ११ वटा कम्पनीहरुले प्राधिकरणले तोकेको न्यूनतम पाँच अर्ब रुपैयाँ चुक्ता पुँजी कायम गर्न बाँकी देखिएको छ । तर, जीवन बीमा कम्पनीहरुले तोकिएको समयमा निर्धारित चुक्ता पुँजी कायम गर्न नसक्नुमा पछिल्लो समय अर्थतन्त्रमा देखिएको असहज स्थिति प्रमुख कारण रहेको प्राधिकरणका सूचना अधिकारी निर्मल अधिकारीले बताए । ‘असहज स्थितिलाई ध्यानमा राखेर हामीले बीमा कम्पनीहरुलाई पुँजी वृद्धिको लागि योजना पेस गर्न २०८० असार मसान्तसम्म समय दिएका थियौँ, त्यो समयभित्रमा सबैजसो जीवन बीमा कम्पनीहरुले पुँजी वृद्धिको योजना पेस गरिसकेका छन् । सोही योजनालाई आधार मान्दा अब छिटै सबैजसो जीवन बीमा कम्पनीहरुको चुक्ता पुँजी तोकिएकोमा निर्धारित सीमाभित्र पुग्छ’, उनले भने । अहिलेकै अवस्थामा पनि धेरैजसो जीवन बीमा कम्पनीहरुको चुक्ता पुँजी निर्धारित सीमाको नजिक रहेको छ, अब उनीहरुलाई पाँच अर्बको सीमा कायम गर्न समस्या नहुने भन्दै उनले अर्थतन्त्रको पछिल्लो अवस्था समेतलाई ध्यानमा राखेर यति समयभित्र न्यूनतम चुक्ता पुँजी कायम गर भन्ने अवस्था नरहेकाले पनि समयसीमा नतोकिएको बताए ।
क्याटेगोरी : समाचार
ट्याग : #Page 1
ताजा अपडेट
- मनकामना केबलकार दुई दिन बन्द रहने
- एनसेलको निःशुल्क स्वास्थ्य शिविर
- लिट्मस केबल्सको ‘वायरिङ दमदार, घर सानदार’ योजना
- हिमाल रेमिटको रेमिट्यान्स भुक्तानी राष्ट्रिय वाणिज्य बैंकबाट
- नेसनल लाइफ इन्स्योरेन्सको तीन दिने चेयरपर्सन कार्यक्रम
- गौशालामा साजन हुसेन माथि छुरा प्रहार
- अनुदानको मल व्यापारीलाई बेच्ने सहकारीलाई बैतेश्वर गाउँपालिकाले कारबाही गर्ने
- मिड सोलु हाइड्रोपावरको सेयर रजिस्ट्रारमा एनआईसी एसिया क्यापिटल
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बाँझो जग्गामा सामूहिक आलु खेती
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया