Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारशीर्ष नेताहरुद्वारा नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण

शीर्ष नेताहरुद्वारा नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण


काठमाडौं । शीर्ष नेताहरु नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गर्न एमाले केन्द्रीय कार्यालय च्यासल पुगेका छन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेम्वाङको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका थिए । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पनि राष्ट्रिय झण्डा ओढाएकी थिइन् ।

सभापति शेरबहादुर देउवा, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल लगायतका नेताहरुले नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । पार्टी कार्यकर्ताहरु, अन्य पार्टीका नेताहरु, शुभेच्छुक र व्यवसायीहरु पनि नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गर्न एमाले केन्द्रीय कार्यालय च्यासल पुगेका छन् ।

नेम्वाङलाई राजकीय सम्मानसहित अन्त्येष्टि गर्ने र अन्त्येष्टिको दिन सार्वजनिक विदा दिने मंगलबार बिहान बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले निर्णय गरेको छ । पार्टी उपाध्यक्ष नेम्वाङको निधनको शोकमा एमालेले पनि तीन दिनसम्म औपचारिक कार्यक्रम नगर्ने र पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ । असोज २ गते एमालेले शोक सभा गर्ने निर्णय पनि गरेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया