दुर्गा प्रसाईँसँग अन्तरसंवाद गरेको स्वीकार
हङकङ , विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईँको हङकङवासी नेपाली भाषीहरूसँग अन्तरसंवाद कार्यक्रमको आयोजना गर्ने व्यवसायी तुलसी उप्रेतीले आर्थिक दैनिकमा समाचार प्रकाशित भएपछि अत्तालिएर विज्ञप्ति निकालेका छन् ।
अम्वाला ग्रुप कम्पनी तथा एजी एक्सप्रेस हङकङको सञ्चालक उप्रेतीले उक्त कार्यक्रमको समाचारपछि आफूलाई अप्ठ्यारो पर्ने देखेपछि विज्ञप्ति निकालेका हुन् ।भदौ २४ गते आइतबारको अंकमा आर्थिक दैनिकले भदौ २० गते हङकङमा उप्रेतीले दुर्गा प्रसाईँसँग अन्तरसंवाद कार्यक्रम आयोजना गरेको समाचार प्रकाशन गरेको थियो । जोर्डनमा रहेको याक एन्ड यति रेस्टुरेन्टमा बेलुका ७ बजेदेखि सुरु भएको कार्यक्रममा सबै निम्तालुहरूलाई उप्रेतीले नै निमन्त्रणा गरेका थिए । उक्त अन्तरसंवाद कार्यक्रममा उप्रेतीले क–कसलाई निम्त्याएका थिए, त्यसको सूची उनीसँगै रहेको छ र ती निम्तालुहरू को–को थिए भन्ने कुरामा प्रसाईँले आफूलाई थाहा नभएको बताउँदै आएका छन् ।
उपे्रतीले आफूलाई मावली भान्जा स्वीकारेका छन् । उनले प्रसाईँसँग अन्तरसंवाद गरेको पनि विज्ञप्तिमा उल्लेख गरेका छन् । उनले उक्त कार्यक्रम आफूले आयोजना गरेको कुरा पनि अस्वीकार गर्न सकेका छैनन् । तर, सार्वजनिक सहजता रहेको उक्त कार्यक्रममा को आयो को आएन भन्न नसकिने भनी पानीमाथि ओभानो बन्ने प्रयास गरेका छन् । असन्तुलित कार्यक्रमको सन्तुलित समाचार नआएको गुनासो पनि गरेको छन् । उप्रेतीले संयोजन गरेको उक्त कार्यक्रम कुन उद्देश्यबाट भएको थियो भन्ने कुरा रहस्यकै गर्भमा रहेको छ र त्यसको बारेमा स्वयम् प्रसाईँले पनि प्रस्टरूपमा बोल्न चाहेका छैनन् । नेपाल फर्किएपछि पत्रकार सम्मेलन गरेरै भण्डाफोर गर्न पनि पछि नपर्ने संकेत गरेका थिए ।
हङकङमा दुर्गा प्रसाईँ हुन्डीवालाको घेराबन्दीमा भनेर समाचार छापिँदा उक्त कार्यक्रमका हर्ताकर्ता एवं प्रसाईँका मावली भान्जा तुलसी उप्रेतीले चोरको खुट्टो काट् भन्दा चोरले फुत्त खुट्टो तानेजस्तो गरेर विज्ञप्ति निकालेर तर्साउन खोज्नुलाई निकै अर्थपूर्ण ठानिएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १९ सय ५८ बिन्दुमा खुम्चियो सेयर बजार, सबै सुचक रातै
- बाजुरामा ५.३ रेक्टरको भूकम्प
- व्यक्तिहत्याका रिगलको कैद सजाय माफीविरुद्ध रिट
- नेपालगञ्जमा कर्फ्यू जारी भएसँगै स्थिति सामान्य
- तनहुँमा फस्टाउँदो ड्रागन खेती
- मुद्दा मिलादिने नाममा एक लाख ठगी गर्ने पक्राउ
- प्रधानमन्त्री दाहाल र एमसिसीका प्रमुख अधिृकतबीच भेट
- चीनको आर्थिक वृद्धि पाँच प्रतिशतमाथि हुने प्रक्षेपण
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बाँझो जग्गामा सामूहिक आलु खेती
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया