Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसंसद्को महासचिवमा डा. गौतम नियुक्त

संसद्को महासचिवमा डा. गौतम नियुक्त


काठमाडौँ, वैशाख २३
राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को महासचिवमा डा. भरतराज गौतमलाई नियुक्त गरेकी छिन् । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको संयुक्त सिफारिसमा डा गौतमलाई सोमबार महासचिवमा नियुक्त गरेकी हुन् ।

नेपालको संविधानको धारा १०६ को उपधारा (१) बमोजिम डा गौतमलाई सङ्घीय संसद्को महासचिवमा नियुक्त गरिएको हो । डा गौतम कास्कीको साविक लामाचौर–५ का स्थायी बासिन्दा हुन् । डा गौतम वरिष्ठ सचिवको रुपमा सङ्घीय संसद् सचिवालयमा कार्यरत थिए ।

वि.सं. २०५१ चैत २१ गते शाखा अधिकृतका रुपमा संसद् सेवामा प्रवेश गरेका गौतम जनप्रशासनमा ‘गोल्ड मेडलिस्ट’ एवं त्रिभुवन विश्वविद्यालयबाट जनप्रशासन व्यवस्थापनमा विद्यावारिधि गरेका छन् । नवनियुक्त महासचिव गौतमले सङ्घीय संसद्को प्रशासनिक प्रमुखको रुपमा समेत जिम्मेवारी सम्हाल्नेछन् । मङ्गलबार सभामुखसँग पद तथा गोपनीयताको शपथ लिएपछि कार्यभार सम्हाल्नेछन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया