गाडी किन्नमात्रै एक खर्ब ५९ अर्ब कर्जा प्रवाह
काठमाडौं । अहिले सवारीसाधनहरूको कुम्भ मेला अर्थात् ‘अटो सो’ चलिरहेको छ । विगतमा कोभिड–१९ महामारी र अन्य विभिन्न कारणले गर्दा रोकिएको ‘नाडा अटो सो’ चार वर्षपछि (भदौ २६ देखि ३१ गतेसम्म) काठमाडौंमा भइरहेको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले उक्त नाडा अटो सोको उद्घाटन गरेका हुन् ।
विगतमा कोरोना महामारी, विदेशी मुद्रा सञ्चितिलगायतका कारण देखाउँदै राष्ट्र बैंकले सवारीसाधन कर्जामा गरेको कडाइका कारण यो क्षेत्र सुस्त रहेको थियो । तर, पछिल्लो समय अर्थतन्त्र अलिक सहज अवस्थामा रहेको र राष्ट्र बैंकले ‘हायर पर्चेज लोन’लाई खुकुलो गरेपछि यो क्षेत्र पुनः चलायमान हुने अपेक्षासहित नाडा अटो सो सुरु भएको हो । यो सोले सवारीसाधनको खस्किएको व्यापारलाई केही हदसम्म उठाउने र अर्थतन्त्रलाई थप गतिशील बनाउने अपेक्षा अटो व्यवसायी र बैंकरहरूले गरेका छन् । त्यसैले पनि नाडा अटो सोमा अटो व्यवयासीसहित बैंक र बीमा कम्पनीहरूले सहभागिता जनाएका छन् । बैंकहरूले विशेषगरी ‘हायर पर्चेज’ अर्थात् ‘अटोलोन’का विभिन्न ‘स्किम’हरू सार्वजनिक गरेका छन् । यसको एउटै उद्देश्य अटो क्षेत्रमार्फत सिंगो मुलुकको अर्थतन्त्रलाई गतिशील बनाउने भन्ने छ । तर, अटो क्षेत्र सुस्त रहेको भनिए पनि बैंक तथा वित्तीय संस्थाले गएको एक वर्षमा सवारीसाधन शीर्षकमा एक खर्ब ५९ अर्ब २१ करोड ६० लाख रूपैयाँ कर्जा दिएको देखिएको छ । राष्ट्र बैंकका अनुसार सञ्चालनमा रहेका ५४ वटा बैंक तथा वित्तीय संस्थाले आर्थिक वर्ष २०७९/८० मा सो कर्जा प्रदान गरेका हुन् । यो कर्जा अघिल्लो आर्थिक वर्षको तुलनामा दुई अर्ब पाँच करोड ४० लाख रूपैयाँले बढी हो । अघिल्लो आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाले हायर पर्चेज शीर्षकमा एक खर्ब ५७ अर्ब १६ करोड रूपैयाँ कर्जा प्रवाह गरेका थिए । आर्थिक वर्ष २०७९/८० मा वाणिज्य बैंकहरूले मात्र हायर पर्चेज क्षेत्रमा एक खर्ब ३८ अर्ब २६ करोड २० लाख रूपैयाँ कर्जा प्रवाह गरेका छन् । यो कर्जा अघिल्लो आर्थिक वर्षको तुलनामा छ अर्ब ९२ करोड २० लाख रूपैयाँले बढी हो । अघिल्लो आर्थिक वर्षमा वाणिज्य बैंकहरूले हायर पर्चेज क्षेत्रमा एक खर्ब ३१ अर्ब ३४ करोड रूपैयाँ कर्जा प्रवाह गरेका थिए । विकास बैंकहरूले भने पछिल्लो अवधिमा हायर पर्चेज क्षेत्रमा १७ अर्ब ३५ करोड २० लाख रूपैयाँ कर्जा प्रवाह गरेका छन् । यो कर्जा अघिल्लो आर्थिक वर्षको तुलनामा चार अर्ब ४६ करोड २० लाख रूपैयाँले कम हो । अघिल्लो आर्थिक वर्षमा विकास बैंकहरूको यस्तो कर्जा रकम २१ अर्ब ८१ करोड ४० लाख रूपैयाँ थियो ।
राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७९/८० मा फाइनान्स कम्पनीहरूले भने हायर पर्चेज क्षेत्रमा तीन अर्ब ६० करोड २० लाख रूपैयाँ कर्जा प्रवाह गरेका छन् । यो कर्जा अघिल्लो आर्थिक वर्षको तुलनामा ४० करोड ७० लाख रूपैयाँले कम हो । राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७८/०७९ मा फाइनान्स कम्पनीहरूले हायर पर्चेज शीर्षकमा चार अर्ब ७० लाख रूपैयाँ कर्जा प्रवाह गरेका थिए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- ‘सर्वोच्चको फैसलाविरुद्ध तत्काल पुनरावलोकनमा जानुपर्छ’
- लेदो माटोले नौबिसे नागढुङ्गा सडक दुईतर्फि अवरुद्ध
- ‘हेलो सरकार, खाजा खाएर कर्मचारी फर्किएनन्’
- सिरियामा विभिन्न ठाउँमा इजरेली हवाई आक्रमण, कम्तीमा १६ जनाको मृत्यु
- सौर्य एअरलाइन्सको विमान दुर्घटना जाँच आयोगको प्रारम्भिक प्रतिवेदनले उठाएका प्रश्न र गरेका सिफारिस
- आगामी १५ दिन सम्मका लागि बन्दीपुर केबलकार बन्द
- ‘तटीय क्षेत्रसम्बन्धी फैसालाको पुनरावलोकनमा जान विलम्ब नगरौँ’
- ‘मुलुकलाई अस्थिरताबाट जोगाउन कांग्रेस–एमाले गठबन्धन भएको हो’
धेरैले पढेको
- भौतिक मन्त्रालयकै पूर्वसहसचिव घुस दिएर ‘लाइसेन्स’ लिन बाध्य
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया