काठमाडौं । रुकुम पश्चिममा निर्माण हुने २० दशमलव ७३ मेगावाट क्षमताको जल्दीगाड जलविद्युत् आयोजनाको विद्युत् खरिद बिक्री सम्झौता (पीपीए) भएको छ । आयोजनाको प्रवर्द्धक सांग्रिला हाइड्रोपावर प्रालि र नेपाल विद्युत् प्राधिकरणबीच मंगलबार सम्झौता भएको हो ।
आयोजनाले उत्पादन गरेको विद्युत् हिउँद याममा आठ रुपैयाँ ४० पैसा र वर्षायाममा चार रुपैयाँ ८० पैसामा विद्युत् प्राधिकरणले खरिद गर्नेगरी सम्झौता भएको छ । आयोजनाका तर्फबाट सांग्रिला हाइड्रोपावर प्रालिका अध्यक्ष खगेन्द्र न्यौपाने र विद्युत् प्राधिकरणका तर्फबाट उपकार्यकारी निर्देशक प्रदीपकुमार थिकेले सम्झौतामा हस्ताक्षर गरेका छन् । सांग्रिला हाइड्रोपावर प्रालिका अध्यक्ष खगेन्द्र न्यौपानले यो आयोजनाको काम समयमा नै सक्ने बताए । उनका अनुसार रुकुमपश्चिम आठविसकोट नगरपालिका वार्ड नम्बर ३ र ४ मा जल्दीगाड खोलामा आयोजना निर्माण हुनेछ । चार सय २२ मिटर हेड रहेको आयोजनाको डिजाइन क्यु ४२ दशमलव पाँच रहेको छ । आयोजनामा दुई हजार पाँच सय मिटर सुरुङमार्ग र ३५ सय मिटर पेनस्टक पाइप प्रयोग गर्ने गरी बन्नेछ ।
आयोजनाले उत्पादन गरेको विद्युत् विद्युत् गृहदेखि नेपाल विद्युत् प्राधिकरणको बाफिकोट सबस्टेसनसम्म एक सय ३२ केभी क्षमताको सब स्टेसन वा आठ किमी नजिक रहेको चार सय केभीको जाजरकोट दानेपिपलमा रहेको सबस्टेसनमा जोडिनेछ । आयोजना निर्माणको अनुमानित लागत चार अर्ब रुपैयाँ रहेको छ । यसै वर्षभित्र आयोजनाको वित्तीय व्यवस्थापन सकेर निर्माणमा जाने तयारी रहेको अध्यक्ष न्यौपानेले जानकारी दिए । आयोजनाको विद्युत् उत्पादन गर्नुपर्ने मिति २०८५ मंसिरभित्र रहेको छ । आयोजनाबाट वार्षिकरूपमा एक सय २७ दशमलव २९ गिगावाट आवर विद्युत् ऊर्जा उत्पादन हुनेछ । उक्त आयोजनामा ठूलो लगानी एनआरएनएको रहनेछ भने नेपालमा रहेर विभिन्न क्षेत्रमा अब्बलता कमाएका व्यवसायीको पनि लगानी रहने अध्यक्ष न्यौपानेले बताए । उक्त हाइड्रोको प्रमुख लगानीकर्ताहरूमा एनआरएनए आईसीसी सचिव खगेन्द्र न्यौपाने, एनआरएनए आईसीसी उपाध्यक्ष आरके शर्मा, एनआरएनए युवा उपाध्यक्ष राज रेग्मी युवा व्यवसायी रवीन गुरुङसहित रहनेछन् ।
क्याटेगोरी : समाचार
ट्याग : #Page 8
ताजा अपडेट
- पेट्रोलियम पदार्थको मूल्य बढ्यो
- सरकार र चिकित्सकबीच सहमति, आन्दोलन फिर्ता
- प्रधानमन्त्री प्रचण्ड स्वदेश फर्किए, उनको ‘लामो अनुपस्थिति’लाई लिएर उठे यस्ता प्रश्न ?
- फ्लाई दुबईको जहाजबाट बिमानस्थलमा २.७ किलो सुन बरामद
- अर्थतन्त्र सुधारोन्मुख रहेकाले निराश नहुन उद्योगीहरूलाई अर्थमन्त्री डा महतको आग्रह
- चीनबाट अपेक्षाकृत लाभ लिन नेपाल चुक्यो : प्रदेश प्रमुख शेरचन
- घोराही–तुलसीपुर चार लेन मर्मत हुँदै
- नेपाल दलित सङ्घको अध्यक्षमा विश्वकर्मा
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया