नेपालमा लगानी बढाउन चिनियाँ लगानीकर्तालाई चेम्बरको आग्रह
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले नेपालमा लगानी बढाउन चिनियाँ निजी क्षेत्रलाई आग्रह गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणअघि चेम्बरले चिनियाँ निजी क्षेत्रसँग दुई पक्षीय आर्थिक एवम् व्यापारिक सम्बन्धका बारेमा गरेको छलफलमा सो आग्रह गरेको हो ।
जमलस्थित चेम्बर भवनमा आयोजित कार्यक्रममा अध्यक्ष राजेन्द्र मल्लले नेपालको जलविद्युत्, कृषि, सूचना प्रविधि, पूर्वाधार विकासलगायतका क्षेत्रमा लगानी गर्न चिनियाँ निजी क्षेत्रलाई आग्रह गरे । ‘नेपाल चीनबीचको सम्बन्ध कूटनीतिक र आर्थिक दृष्टिकोणले निकै महत्वपूर्ण छ । पछिल्लो समय चिनियाँ लगानी आउने क्रम पनि उच्च छ’, उनले भने, ‘खासगरी उत्पादन वृद्धि, रोजगारी सिर्जना गर्ने महत्वपूर्ण परियोजनामा लगानीका लागि आग्रह गर्दछु ।’ लगानीका लागि हुने नीतिगत कठिनाइ अन्त्यका लागि सरोकारवाला सरकारी निकायमा चेम्बरले पहल गर्ने उनको भनाइ थियो ।
नेपाल चीनबीचको व्यापार सम्झौतालाई समय सापेक्ष पुनरावलोकन गरेर व्यापार सहजीकरण गर्नुपर्नेमा समेत उनले जोड दिए । यस्तै, उनले नेपाल चीनबीच यसअघि भएको पारवहन सम्झौताको प्रभावकारी कार्यान्वयन एवम् उत्तरी छिमेकीसँगको सीमामा सुविधा सम्पन्न सडक पूर्वाधार निर्माण गर्नुपर्ने बताए । उनले भने, ‘चीनसँगको सीमामा सुविधा सम्पन्न सडक पूर्वाधार निर्माण गरेर तातोपानी, केरुङजस्ता भन्सार नाकाहरूमा स्तरोन्नति गरिनुपर्छ ।’
अध्यक्ष मल्लले भन्सार नाकाहरूमा अन्तर्राष्ट्रियस्तरको क्वारेन्टिन ल्याब राखेर नेपालको निर्यात वृद्धि गर्नुपर्नेमा जोड दिए । नेपालबाट चीनमा वार्षिक दुई खर्ब रुपैयाँ हाराहारीमा निर्यात सम्भावना रहेको विभिन्न अध्ययनले देखाएको भन्दै त्यसको लाभ लिनुपर्ने बताए । प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा दुई मुलुकबीच व्यापार सहजीकरण गर्ने विषयलाई उच्च प्राथमिकतामा राख्ने गरी चेम्बरले सुझाव दिएको छ । चेम्बरसँगको छलफलका क्रममा चिनियाँ निजी क्षेत्रका उच्चस्तरीय प्रतिनिधिले नेपालमा लगानीका लागि भइरहेको नीतिगत कठिनाइबारे जिज्ञासा राखेका थिए । दुई मुलुकबीच आर्थिक र कूटनीतिकसम्बन्ध उच्चस्तरीय रहेको उनीहरूको भनाइ छ । हेन इन नेतृत्वमा चिनियाँ निजी क्षेत्रको उच्चस्तरीय टोली नेपाल भ्रमणमा आएको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #Page 8
ताजा अपडेट
- शुक्रबार १० अर्ब बराबरको विकास ऋणपत्र बिक्री गरिँदै
- कर्जा सुरक्षण कार्यक्रमलाई विविधीकरण गरी लगानीमैत्री वातावरण सिर्जना गर्नुपर्छ : अर्थमन्त्री डा महत
- पार्टीका नाममा चलाइएका नक्कली सामाजिक सञ्जाललाई एमालेले कारबाही गराउने
- साउन र भदौमा पाँच अर्ब ४३ करोडको विद्युत् निर्यात
- श्रम आप्रवासनका सवाल सम्बोधन गर्न सरकारको ४७ बुँदे निर्णय
- युरोपका तीन देशमाथि व्यापार प्रतिबन्ध लगाउने युक्रेनको तयारी
- सेयर धितो कर्जा परिमार्जन हुने संकेत संगै बढ्यो सेयर बजार
- अमेरिकाको ऋण तीन सय ३० खर्ब डलर नाघ्यो
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया