मकवानपुर क्याम्पसमा पौडेलको नेतॄत्वमा सर्बवसम्मत संचालक समिति गठन
हेटौडा ,मकवानपुर बहुमुखी क्याम्पसको १७ औ क्याम्पस सभाले दोस्रो कार्यकालको लागि संबिधान सभा सदस्य अनन्त पौडेलको नेतृत्वमा सर्वसम्मतीले संचालक समिति चयन गरेको छ। सभाले अध्यक्ष सहित नौ जनाको संचालक समिती र लेखा संयोजकका साथै ३ सदस्यहरु चयन गरको छ।
संचालकहरुमा बद्रि प्रसाद लम्साल ,नबराज बिस्ट ,प्रल्हाद लामिछाने ,बिष्णु दाहाल ,माइकाल रामचन्द्र अर्याल , अशोक शाक्य ,सर्केश घलान र डा कृष्ण धिताल रहेका छन्। सभाले लेखा समितिको संयोजकमा उध्योग संघ मकवानपुरका पूर्व अध्यक्ष नवराज अर्यालका साथै सदस्यहरुमा ध्रुब बहादुर भुजेल ,रमिला सापकोटा र अप्सरा बस्नेत चयन गरेको छ।
बिभिन्न दल लगायत संघ संस्थाको प्रतिनिधित्व हुने गरि हुने ५७ जनाको क्याम्पस सभासदले बनाएको यो संचालक समितिको अब बसेको बैठकले उपाध्यक्ष ,कोषाध्यक्ष चयन गर्नुका साथै बिभिन्न समितिहरु (सेवा समिति ,निर्माण तथा खरिद समिति र छात्रवृत्ति समिती) निर्माण गरिने बताइएको छ।
बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणी पौडेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा मकवानपुरका प्रतिनिधि सभा सदस्य तथा एमाले सचेतक महेश बर्तौला, राप्रपा सांसद तथा पुर्ब मन्त्री दिपक बहादुर सिंह, राष्ट्रिय सभा सदस्यहरु रामचन्द्र राई , गोमा तिमल्सिना प्रदेश सांसदहरु लगायतको उपस्थिती रहेको थियो।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- पशुपति कोषका तत्कालीन र हालका सदस्य सचिव क्रमशःढकाल र थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
- काठमाडौँ मेडिकल कलेजका डाक्टरलाई हातपात गर्ने दुई नियन्त्रणमा
- नेपालमा वैदेशिक लगानीको प्रतिबद्धता जनाउनेमा चीन अघिअघि, भारत पछिपछि
- एशियाली खेलकुद: के नेपाललाई क्रिकेटबाट पदकको आशा बढेको हो?
- सरकारी कर्मचारीलाई ध्यान र योग गर्न किन निर्देशन दिइयो?
- दोलखामा एक साता नबित्दै ११ किलो अबैध सुन बरामद
- नक्कली भारतीय नोटसहित अन्सारी पक्राउ
- पर्यटन प्रवर्द्धन नयाँ ढङ्गले गर्न जरूरी : मन्त्री किराती
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बाँझो जग्गामा सामूहिक आलु खेती
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया