Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारराजमार्गमा बम विष्फोटबाट क्षति

राजमार्गमा बम विष्फोटबाट क्षति


राँझा (बाँके) । आइतबार बिहान बाँकेको राप्ती सोनारी गाउँपालिका–८ नयाँ गाउँ नजिकै पूर्व–पश्चिम राजमार्गमा बम विष्फोट हुँदा सडकमा क्षति पुगेको छ । घटनास्थलमा विष्फोटक वस्तुमा प्रयोग भएका तार र चाउचाउको खोल भेटिएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले बताएका छन् ।

विस्फोटले सडकमा भ्वाङ परेको हुँदा एकतर्फी रुपमा मात्र सवारीसाधन सञ्चालन गरिएको प्रहरीले जनाएको छ । प्रहरीले अनुसन्धान अघि बढाएको प्रहरी नायब उपरीक्षक तिवारीले जानकारी गराए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया