काठमाडौं सरकारले अर्थ मन्त्रालयको सचिव परिवर्तन गरेको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतसँग कुरा नमिलेपछि अर्जुनप्रसाद पोखरेललाई हटाएर कृष्णहरि पुष्करलाई अर्थसचिवको जिम्मा दिइएको छ । यद्यपि पुष्करसँग महतको पनि कुरा मिल्दैन । गत पुसमा तत्कालीन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पुष्करलाई अर्थसचिवबाट हटाएका थिए ।
पुष्करलाई हटाएर मन्त्री पौडेलले तोयम रायालाई अर्थसचिव बनाएका थिए । तर, अर्थमन्त्री महतसँग कुरा नमिलेपछि रायालाई हटाएर पोखरेललाई गत वैशाखमा अर्थसचिव बनाएका थिए । २०७८ सालमा राजस्वसचिव भएका पुष्करलाई अघिल्लो वर्ष तत्कालीन शेरबहादुर देउवा सरकारले अर्थसचिव बनाएको थियो । पटक–पटक अर्थसचिव परिवर्तन हुनाले अर्थ मन्त्रालयको नीति कार्यान्वयनमा समस्या आउने बताइएको छ । पोखरेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरिएको छ । गत शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले ती दुई सचिव परिवर्तन गरेको हो ।
क्याटेगोरी : समाचार
ट्याग : #Page 1
ताजा अपडेट
- पशुपति कोषका तत्कालीन र हालका सदस्य सचिव क्रमशःढकाल र थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
- काठमाडौँ मेडिकल कलेजका डाक्टरलाई हातपात गर्ने दुई नियन्त्रणमा
- नेपालमा वैदेशिक लगानीको प्रतिबद्धता जनाउनेमा चीन अघिअघि, भारत पछिपछि
- एशियाली खेलकुद: के नेपाललाई क्रिकेटबाट पदकको आशा बढेको हो?
- सरकारी कर्मचारीलाई ध्यान र योग गर्न किन निर्देशन दिइयो?
- दोलखामा एक साता नबित्दै ११ किलो अबैध सुन बरामद
- नक्कली भारतीय नोटसहित अन्सारी पक्राउ
- पर्यटन प्रवर्द्धन नयाँ ढङ्गले गर्न जरूरी : मन्त्री किराती
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बाँझो जग्गामा सामूहिक आलु खेती
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया