Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार९०५ जनालाई शिक्षा दिवसको अवसरमा नेपाल विद्याभूषण प्रदान

९०५ जनालाई शिक्षा दिवसको अवसरमा नेपाल विद्याभूषण प्रदान


काठमाडौं । सरकारले ९६३ जनालाई राष्ट्रिय शिक्षा दिवसको अवसरमा विभूषित गर्ने भएको छ । विभिन्न विभूषणका लागि शिक्षा मन्त्रालयले स्वीकृत भएकाहरूको नामावली सार्वजनिक गरेको छ ।

शिक्षा दिवसका अवसरमा मन्त्रालयले ‘क’, ‘ख’ र ‘ग’ श्रेणीका नेपाल विद्याभूषण तथा उत्कृष्ट शिक्षालय, प्रशिक्षण, कर्मचारीलगायतलाई राष्ट्रिय शिक्षा पुरस्कार प्रदान गर्ने कार्यक्रम तय गरेको छ।

९०५ जनामध्ये ७९० जनालाई नेपाल विद्याभूषण क, ७१ जनालाई ख र ४४ जनालाई ग प्रदान गरिने जनाइएको छ । साथै ४६ जनामध्ये नेपाल छात्रा विद्यापदक क २८ जनालाई र ख १८ जनालाई प्रदान गरिने छ ।

शिक्षा दिवसका अवसरमा पहिलोपटक नेपाल प्रविधि विद्याभूषण र समाज कल्याण शिक्षा पुरस्कार थप गरिएको छ। यस्तै, शिक्षा मन्त्रालयले ११ जनालाई नेपाल प्रविधि विद्याभूषण प्रदान गरिने जनाएको छ । सरकारले असोज २ गतेलाई राष्ट्रिय शिक्षा दिवस मनाउने घोषणा गरेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया