संरक्षण क्षेत्रका उपलब्धीलाई जनताको आयआर्जनसँग जोड्नुपर्छ : मन्त्री महतो
काठमाडौँ । वन तथा वातावरण मन्त्री डा. वीरेन्द्रप्रसाद महतोले वनजङ्गल तथा वन्यजन्तु संरक्षणका क्षेत्रमा नेपालले हालसम्म धेरै उपलब्धी हासिल गरिसकेकाले त्यसलाई जनताको आयआर्जनसँग जोड्नुपर्ने बताएका छन. ।
“वन्यजन्तुको सङ्ख्या पनि बढेको छ । यसमा उचित व्यवस्थापन गर्न नसक्दा एकातिर मानव–वन्यजन्तु द्वन्द्व बढेको छ भने अर्कोतिर वन्यजन्तुबाट कृषकका बानीनाली सखाप हुने गरेको छ”, मन्त्री महतोले भने । यस्तो अवस्थामा संरक्षणको क्षेत्रमा व्यवसायिक र नयाँ सोचका साथ अघि बढ्नुपर्ने तथा संरक्षण क्षेत्रका यी उपलब्धीलाई अब जनताको आर्यआर्जनसँग जोड्नुपर्ने उनको भनाइ थियो ।
वन्यजन्तुको पालन र शिकारका सम्बन्धमा राष्ट्रिय र अन्तर्राष्ट्रियरुपमा भइरहेका राम्रा र सफल अभ्यासलाई हेरेर सिक्नुपर्ने मन्त्री महतोले बताए । उनले भने, “विश्वमा धेरै देशले यसरी नै मनग्य आयआर्जन गरेका छन् । हामीले पनि त्यस्तो गर्न सके यसले एकातिर आम्दानीको स्रोत पनि हुने र अर्कोतिर व्यवस्थापनमा पनि सहजता हुन्छ ।”
मन्त्री डा. महतोले नेपालले बाघको सङ्ख्या बढाउन अन्तराष्ट्रियस्तरमा गरेको दोब्बरको प्रतिबद्धताभन्दा पनि बढेर झण्डै तेब्बर पुगेको अवस्थामा बाघ संरक्षणमा गरेको प्रगतिका कारण अन्तर्राष्ट्रियरुपमा नै नेपालले प्रशंसा पाएको बताए । पछिल्लो समय यसको व्यवस्थापनमा निकै चुनौती देखिएको छ ।
पछिल्लो समय पहाडमा बाँदरले र तराईमा बँदेल, हात्तिलगायत वन्यजन्तुले बालीनालीमा गर्ने ठूलो क्षतिका कारण किसान विस्थापित हुनुपर्ने अवस्था छ । यस्तो अवस्थामा यसको रोकथामका लागि मन्त्रालयले हालै मात्र व्यवसायिकरुपमा ‘वन्यजन्तुको पालन, प्रजनन तथा उपयोग सम्बन्धी मापदण्ड, २०८०’ स्वीकृत गरेको उनले जानकारी गराए ।
हाल मुलुकभित्रको काठ सडेर जाने र विदेशबाट वर्षेनी अर्बौँ रुपैयाँको काठ आयात भइरहेको सम्बन्धमा मन्त्री डा. महतोले आवश्यक कानुन संशोधन गरेर भएपनि यसलाई रोक्न लागिरहेको बताए ।वातावरण र विकासबीच सन्तुलन कायम गरेर पूर्वाधार निर्माणमा लाग्नुपर्ने उल्लेख गर्दै उनले वातावरणीय प्रभाव मूल्याङ्कन अनुमतिमा सहजता कायम गर्न खोजेको बताए ।
मन्त्री डा. महतोले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (युएनएफसिसिसी)का पक्ष राष्ट्रहरुको २८औँ सम्मेलन (कोप–२८) का लागि नेपालले तीब्र तयारी बनाएको बताए । सम्मेलन आगामी मङ्सिर १४ देखि २६ गते (नोभेम्बर ३० देखि डिसेम्बर १२ तारिख) सम्म संयुक्त अरब इमिरेट्स (युएई) को दुबईमा हुँदैछ ।
राष्ट्रपति रामचन्द्र पौडेललाई आयोजक युएईले सम्मेलनमा निमन्त्रणा गरिसकेको छ । राष्ट्रपति पौडेललाई जलवायु सम्मेलनका अवसरमा औपचारिकरूपमा सुरु हुने ‘वर्ल्ड क्लाइमेट एक्सन समिट’ तथा आगामी डिसेम्बर १ र २ मा आयोजना हुने युएईको ५२औँ राष्ट्रिय दिवसको विशेष समारोहमा निमन्त्रणा गरिएको हो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- प्रधानमन्त्रीसँग बङ्गलादेशका मन्त्री हसनको शिष्टाचार भेट
- कृषकका उत्पादनको सरकारले बजारीकरण गर्छ: मन्त्री भण्डारी
- विपद् प्रभावितलाई राहत सामग्री हस्तान्तरण
- विपद्को समयमा सही सूचना प्रवाह गर्न आयोगको निर्देशन
- पेट्रोलियम पाइपलाइन निर्माणसम्बन्धी सम्झौतामा हस्ताक्षर
- जलेश्वरको प्रसिद्ध राजदेवी माता मन्दिर डुबानमा
- बाढीपहिरो र डुबान प्रभावित १७ हजार भन्दा बढीको उद्धार: गृह मन्त्रालय
- ह्वाट्सएपद्वारा नयाँ भिडियो कल अपडेटको घोषणा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया