Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारलिखितमा फेल भएकाहरू पनि न्यायाधीश नियुक्त

लिखितमा फेल भएकाहरू पनि न्यायाधीश नियुक्त


काठमाडौं । लिखित परीक्षामा फेल भएकाहरू पनि जिल्ला न्यायाधीश नियुक्त भएका छन् । न्याय परिषद्ले न्याय सेवा आयोगको सिफारिसमा फेल भएकालाई पनि जिल्ला न्यायाधीश नियुक्त गरेको हो । मंगलबार बसेको परिषद्को बैठकले लोकसेवा आयोगले लिएको परीक्षामा सर्वोच्च अदालतका इजलास अधिकृत पारसमणि पोखरेल मात्र पास भएपछि बाँकीलाई ज्येष्ठता, योग्यता र कार्यक्षमता मूल्यांकनका आधारमा फेल भएकालाई पनि न्यायाधीश नियुक्त गरेको हो ।

जिल्ला अदालतमा रिक्त २९ दरबन्दीका लागि दुई सय १२ जनाले परीक्षा दिएकामा एक जना मात्रै पास भएका थिए । न्याय परिषद्ले ज्येष्ठता, योग्यता र कार्यक्षमता मूल्यांकनका आधारमा यसअघि फेल भएकालाई पनि न्यायाधीश नियुक्त गरेको हो । न्यायपरिषद्ले कुल ३६ दरबन्दी रिक्त रहेकामा सात जना संविधानको धारा १४९ उपधारा २ (क) बमोजिम नियुक्त गरेको छ । बाँकी २९ जना दरबन्दीमा प्रतियोगितात्मक परीक्षाबाट नियुक्त गर्नुपर्ने अवस्था बनेको थियो ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया