हस्तकलालाई छुट्टै उद्योगको रूपमा लिनुपर्ने माग
काठमाडौं । हस्तकलालाई सरकारले छुुट्टै उद्योगको रूपमा लिनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । हाल नेपाल सरकारबाट हस्तकला उद्योग व्यवसायलाई साना, घरेलु तथा लघु उद्योगमा राखेर नीति नियमहरू तर्जुमा गरेका कारण यस क्षेत्रमा समस्या देखिएको उनीहरूको दाबी छ ।
नेपाल हस्तकला महासंघले नेपाल बैंक लिमिटेडको सहयोगमा आयोजना गरेको हस्तकला वस्तुको निकासी व्यापारमा विद्यमान समस्या र समाधानका उपाय विषयक गोष्ठीमा सहभागीहरूले हस्तकला उद्योग व्यवसायलाई छुट्टै उद्योगको रूपमा पहिचान नगरेसम्म यस क्षेत्रको समुचित विकास नहुने उल्लेख गरेका हुन् । नेपाल सन् २०२६ पछि अल्पविकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नति भएपछिका अवसर र चुनौतीहरूलाई समेत मध्यनजर गरी नेपालको आगामी १६ औँ पञ्चवर्षीय योजनामा पनि हस्तकला क्षेत्रमा गर्न सकिने योजनाहरू पहिचान गर्ने तथा समग्र हस्तकला उद्योग व्यवसायको समस्या र यस क्षेत्रमा आगामी दिनमा गर्नुपर्ने कार्यहरूको पहिचान गर्ने उद्देश्यले सो कार्यक्रम आयोजना गरिएको थियो ।
कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनीले नेपाली हस्तकला वस्तुलाई व्यापारको नजरबाट मात्र हेरिन नहुने बताए । यद्यपि मौलिक कला, संस्कृति र सम्पदाको झल्को विदेशसम्म उपहारको रूपमा पु-याउने र नेपाली सीप र कलाको उत्कृष्टताको पहिचान उजागर गरी विदेशी मुद्रा नेपालमा भित्र्याउन यसले सहयोग गरेको उनको भनाइ थियो । सोही कारण पनि यस क्षेत्रलाई सरकारले उच्च प्राथमिकतामा राखेको उनले बताए । व्यापार र अर्थ व्यापकताको प्रचुर सम्भावना बोकेको यस क्षेत्र र यसको निर्यात व्यापार विगत केही वर्षदेखि स्थिर देखिएको उनको भनाइ थियो । निजी संघ–संस्थाहरूले पनि हस्तकलाको निर्यात बढाउन र नयाँ बजार खोज गर्न पहल गर्नुपर्नेमा उनले जोड दिए ।
व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक शरद विक्रम राणाले हस्तकला उद्योग र व्यवसायको विकास एवम् निकासीको लागि निजी र सरकारी निकायहरू दुवैले आ–आफ्नो तर्फबाट योजनाकृत योगदान गर्नुपर्ने बताए । हाल नेपाली हस्तकला निर्यातको अवस्था केही सानो र स्थिर रहेकामा यसलाई फैलाउन र बढाउँदै लानको लागि महासंघको तर्फबाट व्यापार मेलाजस्ता प्लेटफर्ममा विदेशीलाई बोलाई बी टु बी बैठकहरूका माध्यमबाट प्रवर्द्धनात्मक कार्यक्रम आयोजना गर्नुपर्नेमा उनले जोड दिए । यस्तै, उनले जमानाअनुसार अनलाइन टे«डको माध्यममा जानुपर्ने उल्लेख गर्दै सो कार्यका लागि निजी र सरकारी तवरबाट विशेष तयारीका साथ अगाडि बढ्नुपर्ने बताए ।
यस्तै, महासंघका उपाध्यक्ष दिल्ली रत्न तुलाधरले हस्तकला एक विशेष प्रकृतिको उद्योग भएकाले यसलाई अलग्गै नीति नियमको आवश्यकता रहेको बताए । यस कार्यक्रमबाट आएको विभिन्न सुझावलाई एकीकृत गरी एक दस्तावेज बनाएर यसलाई मन्त्रालयमा पेस गरिने र सोबमोजिम नीति नियम कार्यान्वयन गराउने उनको भनाइ थियो । कार्यक्रममा हस्तकला वस्तुको निकासी व्यापारमा विद्यमान समस्या र समाधानका उपाय विषयमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका पूर्व उपसचिव हिमाल थापाले कार्यपत्र प्रस्तुत गरेका थिए ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग, समाचार
ट्याग : #Page 8
ताजा अपडेट
- प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहाकार रहिबल गजुरेलद्वारा राजिनामा
- एनसेल खरिदबिक्री सम्बन्धमा समितिले थाल्यो अध्ययन
- अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ
- देशमा सुशासन कायम गर्न शान्ति समाजको जोड
- इजरायल र हमासबीच पुनः युद्धविरामका लागि प्रयास जारी रहेको कतारको भनाइ
- संसदीय सुनुवाइमा उजुरीकर्ता उपस्थित
- नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्ने अनुसन्धान अधिकृत बस्नेतविरुद्ध मुद्दा दर्ता
- विमानको आपतकालीन झ्यालको सिसा खस्यो
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया