Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसभामुख घिमिरेद्वारा आयरल्याण्डका समकक्षीसँग भेट

सभामुख घिमिरेद्वारा आयरल्याण्डका समकक्षीसँग भेट


काठमाडौँ । आयरल्याण्ड भ्रमणमा रहेका सभामुख देवराज घिमिरेले आयरल्याण्डका समकक्षीसँग भेट गरेका छन् । उनी आइरिस संसदको तल्लो सदन डोयल एरियनका सभामुख सानओ फारगेलको निमन्त्रणामा आइतबार एक साताका लागि आयरल्याण्ड भ्रमणमा गएका हुन् ।

आइरिस संसदको तल्लो सदन डोयल एरियनका सभामुख सानओ फारगेलसँग सभामुख घिमिरेले बुधबार राति भेट गरेका हुन् । भेटमा दुई देशका संसदबीच संसदीय आदानप्रदान, द्विपक्षीय सहयोग लगायतका विषयमा कुरा भएको सभामुखका प्रमुख स्वकीय सचिव तेजप्रकाश भट्टराईले जानकारी दिए ।

आयरल्याण्डको प्रतिनिधिसभाका सभामुख सानओ फारगेलले सन् २०१९ मा भएको नेपाल भ्रमणमा आफूले पाएको न्यायो स्वागतको स्मरण गरे । उनले नेपाल प्राकृतिक रुपमा धनी देश रहेको बताउँदै आफूले नेपाल जति सुन्दर मुलुक भ्रमण नगरेको समेत उल्लेख गरे ।

नेपाल र आयरल्याण्डबीच सन् १९९९ अगष्ट १९मा कुटनीतिक सम्बन्ध स्थापनाभएको थियो । दुई देशबीच विगतमा पनि उच्चस्तरीय भ्रमण हुँदै आएका छन् । आयरल्याण्डका सभामुखले आफ्नो मुलुकले वार्षिक अफ्रिकाका एक सय ६० विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउँदै आएको जानकारी दिँदै नेपाललाई पनि आइरिस अनुदानमार्फत समावेश गर्ने बताए ।

सभामुख घिमिरेले नेपालमा नयाँ संविधान जारी भएपछि दुईपटक तीनै तहको निर्वाचन सम्पन्न भइसकेको जानकारी दिँए । उनले नेपालको संघीय संसदमा मैत्री समूहहरु निर्माणको चरणमा रहेको जानकारी दिँदै आयरल्याण्डसँग सम्बन्ध स्थापित गर्न नेपाल–आयरल्याण्ड मैत्री समूह गठन गर्ने जानकारी दिए ।

उनले संसदीय अभ्यास सिकाइका लागि दुई देशको संसदका कर्मचारीबीच आदानप्रदान कार्यक्रम सञ्चालन गर्न सकिने धारणा राखे । सभामुख घिमिरेले संयुक्त राष्ट्र संङ्, अन्तर–व्यवस्थापिका संघजस्ता बहुपक्षीय मञ्चमा जलवायु परिवर्तन र यसका प्रभावजस्ता विश्वव्यापी साझा मुद्दामा नेपाल र आयरल्याण्डले सहकार्य गर्न सक्ने धारणा राखे ।

आयरल्याण्डका सभामुखले दुई देशबीच कृषि र खाद्यप्रविधिको आदानप्रदानको सम्भावना रहेको उल्लेख गरे । आइरिस संसदको तल्लो सदन डोयल एरियनका सभामुख सानओ फारगेलको निमन्त्रणामा आइतबार एक साताका लागि सभामुख घिमिरे आयरल्याण्डको राजधानी डब्लिन प्रस्थान गरेका थिए । औपचारिक भ्रमण पूरा गरी सभामुख नेतृत्वको टोली असोज ७ गते नेपाल फर्कने कार्यक्रम छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया