Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारअर्थ र अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठक सांसद सङ्ख्या नपुगेर स्थगित

अर्थ र अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठक सांसद सङ्ख्या नपुगेर स्थगित


काठमाडौँ । संसदीय समितिका बैठक बस्नका लागि आवश्यक सांसद सङ्ख्या नपुग्दा २ वटा बैठक स्थगित भएका छन् । अर्थ समिति र अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बिहान ११ बजे बोलाइएको बैठक गणपूरक सङ्ख्या नपुग्दा स्थगित भएको हो ।

धेरै सांसद जिल्लातिर गएको र शिक्षक आन्दोलनका कारण गणपूरक सङ्ख्या नपुगेर बैठक स्थगित भएको अर्थ समिति सभापति सन्तोष चालिसेले जानकारी दिए ।

१३ जना सांसद गणपूरक सङ्ख्याका लागि हुनुपर्नेमा ११ जना सांसद मात्र बैठकमा उपस्थित भए । थप २ जना सांसद भएको भए बैठक सञ्चालन गर्न मिल्नेहुँदा झन्डै १ घण्टा बढी समय थप सांसदको प्रतीक्षा गरिएको थियो। अर्थ समितिमा कुल २४ जना सांसद रहेका थिए ।

२ जना सांसद नपुगेर अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा पनि बैठक स्थगित भएको थियो । १४ जना सांसद बैठक बस्न चाहिनेमा १२ जनामात्र आइपुगेका थिए । यता २७ जना सदस्य रहेका थिए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया