Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारचैत महिनामा ट्राफिक प्रहरीद्वारा ८५ हजार मात्र राजस्व संकलन

चैत महिनामा ट्राफिक प्रहरीद्वारा ८५ हजार मात्र राजस्व संकलन


महेन्द्र शाही
सोलुखुम्बु, वैशाख २४
जिल्ला ट्राफिक प्रहरी कार्यालय सोलुखुम्बुले २०७६ सालको अन्तिम महिना चैत्रमा ८५ हजार मात्र राजस्व संकलन गरेको छ । जिल्लाभित्रका विभिन्न स्थानबाट एक सय २१ वटा सवारी कारबाहीबाट सोबराबरको राजस्व संकलन भएको हो । लकडाउनका कारण सवारी साधनको आवतजावतमा कमी आएकाले राजस्व संकलनमा कमी आएको जनाइएको छ ।

लकडाउनका कारण सवारी साधन कम चलेकाले कारबाही र राजस्व रकममा कमी आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सोलुखुम्बुका इन्चार्ज कृष्ण कटुवालले जानकारी दिए । चैत महिनामा जिल्ला ट्राफिक प्रहरी कार्यालय सोलुखुम्बुले ३९ वटा जिपबाट २३ हजार पाँच सय राजस्व संकलन गरेको छ । त्यस्तै चैत महिनामा ३० वटा ट्रक कारबाहीमा परेको र सोबापत २१ हजार पाँच सय राजस्व संकलन भएको कटुवालको भनाइ छ । त्यस्तै चैत्र महिनामा २८ वटा मोटरसाइकल कारबाहीबाट २२ हजार, २२ वटा ट्याक्टर कारबाहीबाट छ हजार, अटो १४ वटा बाट ११ हजार र बस एक बाट एक हजार राजस्व संकलन भएको ट्राफिक प्रहरीको भनाइ छ ।

चैत्र महिनाको जम्मा नौ दिनमा मात्र सवारी साधन कारबाही गरिएको थियो । त्यसपछिको समयमा लकडाउन गरिएकाले कारबाही र राजस्व दुवैमा कमी आएको ट्राफिक प्रहरीको भनाइ छ । ९ गतेपछि कुनै पनि लकडाउनका कारण कुनै पनि सवारी कारबाहीमा परेका छैनन् । ट्राफिक प्रहरीले फागुन महिनामा दुई सय १२ वटा सवारी साधानलाई कारबाही गरी एक लाख ४५ हजार पाँच सय राजस्व संकलन गरेको थियो । चैत महिनामा फागुन महिनाको भन्दा ६० हजार पाँच सय कम राजस्व संकलन भएको ट्राफिक प्रहरी इन्चार्ज कटुवालको भनाइ छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया